Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मार्गप्रशस्त गर्न मुख्यमन्त्रीलाई आग्रह

१७ शुक्रबार , श्रावण २०८२एक बर्ष अगाडि

मार्गप्रशस्त गर्न मुख्यमन्त्रीलाई आग्रह

नेपाली कांग्रेसकाे संसदीय दलको नेतामा पराजित भएका वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरिएकाे छ । मुख्यमन्त्री लामालाई नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।  

केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै बानियाँले मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । लामाले संसदीय दलको नेताबाट विश्वास गुमाइसकेकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने बानियाँकाे भनाइ रहेकाे थियाे ।

संसदीय दलको नेतामा निर्वाचित बानियाँले आफ्नो र मुख्यमन्त्री लामाबीच कुनै मनमुटाव नरहेको स्पष्ट गर्दै मुख्यमन्त्री लामाले मार्गप्रशस्त गर्न राजीनामा दिनुपर्ने उल्लेख गरेका छन् ।