Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

१६ बिहिबार , श्रावण २०८२८ दिन अगाडि

प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता भएको छ । केहीबेर अघि सुरु भएको उक्त भेटवार्ता मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित रहेको बताइएको छ ।

बालुवाटारमा सुरु भएको उक्त भेटवार्तामा प्रधानमन्त्री ओली र देउवाबीच मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल हुने छ भने प्रधानमन्त्री ओली मन्त्रिपरिषद् हेरफेर गर्न चाहिरहेका छन् भने देउवामाथि पनि पछिल्लो समय आन्तरिक र बाह्य दुवै दबाब परेको बताइएको छ ।  

सम्भवत: आजको छलफलले यस सम्बन्धमा निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । सरकार गठन भएको एक वर्ष पुगेको र सोहि सन्दर्भमा अधिकांश मन्त्रीहरूले प्रधानमन्त्रीको कार्यगत धारणा र गति अनुसार अगाडि बढ्न नसकेको भन्दै सत्तारूढ दलभित्रै आलोचना भइरहेको छ ।

मन्त्रीहरू मन्त्रालयको समग्र प्रगतिभन्दा व्यक्तिगत स्वार्थमा बढी केन्द्रित हुन थालेपछि कर्मचारी वृत्तबाट समेत असन्तुष्टि व्यक्त हुन थालेको छ भने अनियमिततामा समेत मन्त्रीहरुको संलग्नताबारे सिंहदरवारमा गाईगुई हुन थालेको निकै समय भइसकेको छ ।