Advertisement Banner
Advertisement Banner

११ शनिबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

सत्ता राजनीतिले यूटर्न लिंदै

०८ बुधबार , श्रावण २०८२३ दिन अगाडि

सत्ता राजनीतिले यूटर्न लिंदै

१४ महिनाको पटक पटकको हार गुहारपछि र दुईपल्ट अन्तर्राष्ट्रिय सम्मेलनको साइडलाइनमा आग्रह गर्दा र नेपालले भारतका प्रम नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिंदा समेत ाभरतले निम्तो दिएको थिएन । बल्ल भारतले भदौको तेस्रो हप्ता प्रम केपी ओलीलाई भारत २ दिने भ्रमणको निम्तो दिएको छ । प्रश्न छ, आन्तरिक राजनीतिमा फेरि तरङ्ग उठेको र सत्ता राजनीतिले यू टर्न लिन लागेको देखिदा प्रम ओलीले भारत भ्रमण गर्ने अवसर पाउलान् र ? भन्ने संशय उठेको छ ।
जसपाले समर्थन फिर्ता लिइसकेको छ, विश्वासको मत लिन बाँकी नै छ । एमालेभित्र पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा आइसकेकी छिन् भने कांग्रेसभित्र शेखर कोइरालाको ठूलै पक्षीय बैठक र बिद्रोह सुरु भइसकेको छ । माओवादीका अध्यक्ष प्रचण्डले त यो गठबन्धन तोड्न सारा शक्ति लगाइरहेकै छन्, ओली सरकार आफै फतक्कै कुहिएर झर्छ भन्न थालिसकेका छन् ।
यही सन्दर्भमा साउन ४ गते विद्या भण्डारी एमाले हेडक्वार्टर पुगेर १ घण्टा ४० मिनेट अध्यक्ष केपी ओलीसँग वान टु वान वार्ता गरेकी छिन् । विद्या भण्डारीले राजनीतिक वार्ता भएको बताए पनि प्रम ओलीले क्याविनेट पुगेर मन्त्रीहरुसँग विद्या भण्डारी, शेखर कोइराला र प्रचण्डका बारेमा छलफल गरेका छन् ।
संसदमा गणित चाहिन्छ, गणित ओलीको पक्षमा छ । कांग्रेस सभापति हलचल नगर्दासम्म ओलीको नेतृत्वको सत्ता ढल्ने खतरा छैन तर कांग्रेस, एमाले फुट्ने खतरा पनि उत्तिकै छ । ओलीले क्याविनेटमा ११ महिना आफैले सत्ताको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने दोहो¥याएका छन् । यता महामन्त्री गगन थापाले पटक पटक दोहो¥याइरहनु पर्दैन भनेर डिस हाने पनि चतुर खेलाडी ओलीले देउवालाई विश्वासमा लिए पनि कांग्रेसभित्रैका शेखर र एमाले भित्रैकी विद्या भण्डारीलाई कसरी रोक्ने हुन्, त्यो राजनीतिक र कूटनीतिक बृत्तमा चासो र उत्सुकताको विषय बनेको छ ।
सार्वजनिक सञ्चार माध्यममा ओली सरकार ढलपल गरिरहेको झ्याली पिटिएको छ । मन्त्रीहरु भ्रष्टाचारमा डामिएका र प्रतिपक्षीहरुलाई बदलाको भाव राखेको आरोप बढ्दो छ । यता रास्वपाका अध्यक्ष रवि लामिछानेमाथि अन्याय गरेको भन्दै २५ लाखभन्दा बढी हस्ताक्षर भइसकेको छ र ठूला नेता तथा एमाले र कांग्रेसकै नेता कार्यकर्तासमेत रवि लामिछानेमाथि अन्याय भएको भनेर हस्ताक्षर गर्न पुगेका छन् भने कतिपय कार्यकर्ताले सदस्यता नै च्यातेर रास्वपाको समर्थन गर्ने लहर नै चलिसकेको छ ।
विद्या र शेखर तथा प्रचण्डको गुप्तगु वार्ता र रविको बढ्दो क्रेजबाट एमाले र कांग्रेस आत्तिएको देखिन्छ । यसकारण हरेकदिन जसो प्रम तथा एमाले अध्यक्ष ओली र अन्य ओली पक्षधरहरु सत्तारुढ घटक कांग्रेससँगको सम्बन्धमा कुनै समस्या छैन भनिरहेका छन् । प्रमकै शब्दमा ‘देउवाजीसँग निरन्तर सम्पर्कमै छु । हरेक गतिविधि सरसल्लाहमै भइरहेको छ । पूर्ववतः सहमति अनुसार अघि बढ्ने कुरामा टसमस भएका छैनौं ।’
तर कांग्रेसका अन्य नेता तथा कार्यकर्ता र पार्टी नेतृत्व इतरका शेखर कोइराला समूह यो सरकारमा किन बसिरहेको भनेर प्रश्न उठाइरहेका छन् ।
क्याविनेटमा शखेर कोइरालाको नामै लिएर प्रम ओलीले चर्चा गर्नु भनेको सरकार ढलपलाएको अर्थमा हेरिएको छ । यही समयमा भारतका नेपाल नीतिकारहरुको नेपाल भ्रमण र जसपाले समर्थन फिर्ता लिनु र प्रम ओलीलाई जोल्ट हान्दै कमजोर पारेपछि यही समयमा भारतले प्रम ओलीलाई भारत भ्रमणको निम्तो पठाउनुले अनेक तर्क उठेका छन् । राजनीतिमा जे भइरहेको छ, त्यो ओलीले भनेजस्तो विपक्षीले उक्साएको मात्र होइन, भारतले नेपालको सत्ता राजनीतिमा यू टर्न ल्याउन खोजेको आशंका गरिदैछ ।
विद्या भण्डारी र ओलीवीचको वार्ताको निचोड खुलेको छैन । पार्टी एक बनाएर लैजाने सहमति भनिए पनि भित्र अर्कै सहमति भएको हुनसक्छ । जेहोस्, सत्ता परिवर्तनको संकेत बढ्दो छ ।