
विश्लेषक भन्छन्– माओवादी कित्ताका ९ राजनीतिक दलले वर्षौंदेखि शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसमक्ष अपिल गर्दै आएका छन् । माओवादी केन्द्रले सरकारलाई दबाब दिने नीति र निर्णय पनि गरेका हुन् । माओवादी केन्द्रका प्रचण्ड ३ पल्ट र बाबुराम भट्टराई एकपल्ट प्रधानमन्त्री पनि बनेका हुन्, तर जनयुद्धकालीन, संक्रमणकालका मुद्दाहरुमा सम्पादन हुन सकेन । पटक पटक सत्य निरुपण तथा मेलमिलाप आयोग बने, अहिले अर्को आयोग पनि बनेको छ । तर माओवादी र माओवादी कित्ताका क्रान्तिकारी–माओवादी, नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी र आम जनता पार्टी, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी) र माओवादी कम्युनिस्ट पार्टी कता छन् के गर्दैछन्, अत्तोपत्तो छैन ।
माओवादी कित्ताका ९ दल एक हुने हो भने र तिनले पीडकलाई न्याय र पीडितलाई दण्ड हुनैपर्ने निर्णय गरेका हुन् भने आमसमुदायलाई संक्रमणकालीन न्यायको पक्षमा ऐक्यबद्धताका लागि एकभएर उभिन किन सक्दैनन् ?