Advertisement Banner
Advertisement Banner

२८ सोमबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

राजतन्त्रवादी छिन्नभिन्न

०८ बुधबार , श्रावण २०८२१० महिना अगाडि

राजतन्त्रवादी छिन्नभिन्न

भ्रष्ट गृहमन्त्री रमेश लेखकले समेत राप्रपाको राजतन्त्रवादी आन्दोलन तुहियो भनेर खिसिट्यूरी गर्न भ्याएका छन् । उनले अझै राजतन्त्रवादी चर्किए, राजतन्त्र ल्याउन खोजे कानुनले ठिक पारिन्छ भन्दैछन् । दुर्गा प्रसाईले जुन जागरण ल्याएका थिए, त्यसको जस लिन राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेन, केशर विष्ट अग्रसर भएका थिए, नवराज सुवेदीसमेत आन्दोलनको नेता बनेर अगाडी आएका थिए । डा.जगमान गुरूङले त तन्त्र, मन्त्रको बलमा राजतन्त्र पुनस्र्थापित हुने पटक पटक मिति नै तोकेका थिए । राप्रपा नेपालका कमल थापा पनि राजतन्त्रवादीकै भीडमा अग्रपंक्तिमै उभिएका नेता हुन् । यी बाहेक ६ दर्जनभन्दा बढी राजतन्त्रवादीहरूको संगठन र व्यक्तिहरू एकसाथ उभिएका थिए । यो जमघट र एकतालाई एक ढिक्को बन्न नदिन गणतन्त्रवादीले अमिलो निचोरिदिए, राजतन्त्रवादी छिन्नभिन्न भए । राजा फर्काउँछु भन्ने राप्रपाका धवल शमशेर देखि नवराज सुवेदीसम्म निर्वाचन आयोग पुगेर जग हँसाएका छन् । डा.जगमान गुरूङदेखि केशर विष्टका राजतन्त्रवादी अगुवाहरू राजनीतिक सन्निपातमा परेका छन् ।
राजतन्त्रवादी आन्दोलन कता पुग्यो ? लोकतान्त्रिक गणतन्त्रका नाममा जेमन्त गरिरहेकाहरूलाई हाइसन्चो भएको छ । कांग्रेस र एमालेको सत्ताले प्रतिषोधको राजनीतिले कानुन व्यवस्थालाई यसरी हुँडलेका छन् कि शान्ति, स्थिरता स्यालको सिङ हराएजसरी हराएको छ । अराजकता र अपराधिक राजनीतिले लोकतान्त्रिक गणतन्त्रलाई निरंकूशताको अंकूशले अझ बदनाम गर्दै लगेको छ ।
राजतन्त्रवादीहरू १८ वर्षसम्म मपाईवादबाट ग्रसित रोगी थिए, त्यो रोग फेरि बल्झिएको छ । फलतः राजतन्त्रवादीले राजाको बदनाम गराएर थकित छ, छिन्नभिन्न हुनपुगेको छ । हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति ओल्लो तीर न पल्लो किनार बन्नपुगेको छ । राप्रपाभित्रको बढ्दो असन्तुष्टिका कारण राप्रपा नै फुट्ने रेड जोनमा पुगिसकेको कुरा निर्देशन समितिमा रहेका डा.प्रकाशचन्द्र लोहनीसहित नेताहरू हरिबहादुर बस्नेत, विक्रम पाण्डे, मुकुन्दश्याम गिरी, धवलशमशेर राणा, कुन्तीकुमारी शाही, सगुन सुन्दर लावती, प्रवीणकुमार थोकर तामाङ, प्रेम बलायर, ऋषिराज देवकोटा, सौरेन्द्रबहादुर शाह, जनकराज पाठक, रञ्जन कार्की, मिना शाही, कर्णबहादुर शाही, किशोर कार्की, निरञ्जन थापा आदिले चिन्ता व्यक्त गर्न थालेको सुनिएको छ ।