
प्रतिनिधि सभाअन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३, मा उपचुनावको लागि निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै सोसम्बन्धी जानकारी गराएको छ ।
जसअनुसार उपचुनावको लागि असोज २१ गते निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार मनोनयन दर्ता र सोही दिन सूची प्रकाशन गरिने छ ।
सूचीमा रहने उम्मेदवारको विरोधमा भोलिपल्ट बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने छ भने असोज २३ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ ।
यस्तै, असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने र सोही दिन अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।
निर्वाचन कार्यक्रमअनुसार कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने पनि निर्वाचन आयोगले जानकारी दिएको छ ।