
१९४७ र १९७५ मा काश्मिर र सिक्किमले आत्मनिर्णयको अधिकार गुमाए । १९५० को मैत्री सन्धिले नेपाललाई २०२५ मा पनि पिरोलिरहेको छ । यी तीन घटनामा भारत निर्णायक रह्यो । नेपालका १२६ भाषाभाषीमाथि एकातिर विदेशी अतिक्रमण, अर्कोतिर आन्तरिक जातभात र अराजक र अस्थिर राजनीतिका कारण अघोषित गृहयुद्ध चलिरहेको छ । १८ वर्षमा पनि गणतन्त्रले संवाद, सहमति र सहकार्यमा प्रोत्साहित गर्न सकेन । फलत शान्ति, समृद्धि, समानता आउन सकेन, राष्ट्र असफलताको तारे भीरमा पुगेको छ । निदाएको बहाना गर्नेलाई ब्यूँझाउन सकिन्न । यसैको प्रतिफल हो, राष्ट्र चूकजस्तो अन्धकार सुरूङ्तिर धकेलिएको छ र गणतन्त्रको अँध्यारो सुरूङ्भित्र आशाको उज्यालो देखिन्न । सीमा यसैगरी ढल्दै गएका छन्, लिपुलेक, लिम्पियाधुरा, कालापानी भारतले खाइसक्यो । लोकतान्त्रिक गणतन्त्रमा किन असुरक्षित भयो– स्वाधीनता, स्वराज र सार्वभौमिकता ?