Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

ओली रिमार्क्स

०६ सोमबार , असार २०७३१० बर्ष अगाडि

प्रधानमन्त्री केपी ओली वैशाख ५ गते राजदरवार संग्रहालय पुगेछन् र उनले लेखेको रिमार्क्स हो यो। नारायणहिटी राजदरवार अवलोकन गर्ने र संरक्षणको आवश्यकता देख्ने प्रधानमन्त्रीले दरवार हत्याकाण्डजस्तो जघन्य राष्ट्रिय घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान गराउने आवश्यकता भने देखेनन्। यसको अर्थ भटटट...रिपोर्टलाई ने उनले सही ठानेको देखियो। दरवार अवलोकन गर्न २ घण्टा बिताउने ओलीले यथार्थ स्पष्ट पार्न २ शव्द खर्च गरेनन्। हो, इतिहास हो राजदरवार। आगामी पुस्ताका लागि अध्ययन अनुसन्धानको विषय पनि हो राजदरवार। यसमा शंका छैन तर दरवार हत्याकाण्डबारे अझै पनि जनताको मनमा चिसो बाँकी छ, कसैमाथि दोषारोपण भइरहेको छ। राज्यले छानबिन गराएर यथार्थ स्पष्ट पारिदिए चिसोपन हट्ने थियो।
स्व.गिरिजाप्रसाद कोइरालाले ग्य्राण्ड डिजाइन मलाई थाहा छ भन्थे, उनी नभनी बितेर गए। प्रचण्डले छानबिन गराउँछु भन्थे, कुरा उठाउनै छाडे। केपी ओलीले हत्याकाण्डबारे बोल्दै बोलेनन्। सकिइहाल्यो त।