
सीके राउत नेतृत्वको जनमत पार्टीले दुई नेतालाई स्पष्टीकरण सोधेको छ । पार्टी केन्द्रीय सदस्य विरेन्द्र साह सोनार र कार्यकारिणी सदस्य शम्भुनाथ साहलाई स्पष्टीकरण सोधिएको हो । उनीहरुले सामाजिक सञ्जालमा पार्टी निर्णयको विरोध गर्नुका साथै अनुशासनहीनता देखाएको जनमतको ठहर छ ।
स्पष्टीकरण पत्रमा भनिएको छ, ‘विगत केही दिनदेखि सामाजिक सञ्जालहरुमा पार्टी निर्णयको विरोध गर्नुभएको र जनमत पार्टीको नीति निर्देशन र विधानविपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरी राख्नुभएको, पार्टीको निर्देशन तथा अहित कार्यमा संलग्न भएको हुँदा जनमत पार्टीको विधानको धारा ३९ (क) उपधारा २, ३, ४, ५, १० र १५ आकर्षित हुने हुँदा किन कारबाही नहुनुपर्ने हो भनी सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नहुन अनुरोध छ ।’
पार्टीको हित विपरीत कार्य गरेको ठहर गर्दै केन्द्रीय अनुशासन समितिले दुवै नेतालाई बिहीबार ७ दिन भित्र जबाफ दिने गरी स्पष्टीकरण सोधेको बताइएको छ