
विभिन्न माग राखेर आन्दोन गरिरहेका सुनचाँदी व्यवसायी तथा कालिगडहरुले आज भक्तपुरमा सिठी जुलुस निकालेका छन् । त्यसैगरी काठमाडौंमा नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले ऱ्याली सहित कोणसभा गरेको छ ।
महासंघले आयोजना गरेको सुनचाँदी व्यवसायी तथा कालिगडहरुको ऱ्याली सहितको जुलुस कोणसभामा परिणत भएको छ । हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने लगायतका माग सहित उनीहरूले आन्दोलन गर्दै आएका छन्।
व्यवसायी तथा कालिगडहरुले सुनमा लगाइएको २ प्रतिशत विलासी कर पनि खारेज गर्नुपर्ने माग सहित निरन्तर आनदोलनम छन् ।