
नेपालको राजनीति फोहोरकोे पहाड हो भन्ने नबुझेको (नदेखेको) नभोगेको होइन। विशेष गरी त्यो कति दुर्गन्धित छ र थप दुर्गन्थित हुँदै छ भन्ने त तल्लो निकायमा तिनले पालेका पोषेका कार्यकर्ताको शैली हेरे भै हाल्छ। जे रोपिएको छ, त्यही उम्रने हो भन्ने पनि थाहा छ । जे सिकाएको छ त्यही बोल्ने हो भन्ने पनि थाहा छ। तै पनि विपी, गणेशमान किसुनको आर्दश मानेर जरो जोगाई दिए त एकदिन राम्रो पालुवा पलाउला भन्ने सोचेर ठाउँ नछोडिएको हो।
काँग्रेसका युवा नेताले वरिपरि कस्तो जमात राखेर, के मनसायले कृतेकर्म मण्डली खडा गर्दै छन् ? अचम्म लाग्छ। कृते मण्डलीलाई सबैले चिनेर समयमा किनारा नलगाउने हो, गुण्डा राज चल्न दिने हो भने, कुनै पनि कर्यक्रममा तिनले झुन्ड्याएका विपी, गणेशमान, किसुनजीहरुकोे तस्बिरकोे अपमान हो।
मैले आफ्नो ठाउँ बाट सँधै सत्य र सिद्धान्तको लागि सम्बन्धित ठाउँमा घच–घच्याएको छु । हाम्रो आबाज सुनेन भनेर लिखित नै दिएको छु। यदी अब त्यसको सही कार्यान्वयन भएन भने, अराजकताको आडमा कृते मण्डलीकोे हातमा पार्टीको बागडोर त अडिएला नै तर तिनको कब्जामा मतदान केन्द्र र जनमत रहने छैन। सम्बन्धित निकाहरूलाई अनुरोध छ– सत्य र तथ्य बुझेर मात्र पार्टीको क्रियाशिल सदस्यता नविकरण गरी महामानव विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह र सन्त नेता किसुनकोे आत्मालाई सम्मान गरिदिनु हुन अनुरोध छ।
व्यक्ति गत रूपमा मलाइ नेपाली कांग्रेस पार्टीको कुनै पनि पद चाहिएको छैन तर कृतेमण्डली, भ्रष्ट र तस्करको हातमा कांग्रेस जानु भएन । नेपाली जनताले कांग्रेसकोे फलानो तहको फलानो व्यक्तिले यस्तो भ्रष्टचार गर्यो भनेको देख्न र सुन्नमा आउनु भएन। बस, खोजेको यत्ती हो । राम्रो सुधारोन्मुख लक्षण देखिए बसौला, कृते मण्डलीको हातमा पार्टी गयो भने थप पापको साक्षी किनारा बनेर बस्न सकिंदैन। सम्बन्धित निकाय, आम नेपाली कांग्रेसका कार्यकर्ता, सर्व साधारण नेपाली नागरीक सम्म यो सन्देश पुगोस्। धन्यवाद ।