Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

चर्चको दबाबमा छुटे धर्मपरिवर्तनकारीहरु

०६ सोमबार , असार २०७३१० बर्ष अगाडि

 बाइबल बाँड्नु अव बैध भयो भन्दा हुन्छ। चरिकोटका दुई निजी विद्यालयमा अध्ययन गर्ने झण्डै ८ सय विद्यार्थीहरुलाई विभिन्न कार्यक्रमको नाममा र शैक्षिक सामाग्रीको नाममा बाइबल बाँड्दै र क्रिश्चियन धर्म धारण गरे फाइदै फाइदै हुन्छ भनेर लालचमा पार्दै क्रिश्चियन धर्मको प्रचार गरेकाहरुलाई प्रहरीले रंगेहात पक्राउ गर्‍यो। उनीहरुसँग बाइबल, ल्यापटप, अन्य धर्मपरिवर्तन गर्ने सामानहरुसहित पक्राउ गरेको थियो। तर, तिनीहरुलाई चर्च र केही नेताको दबाबमा धरौटीमा रिहा गरेर प्रशासनले क्रिश्चियन धर्म परिवर्तन गर्नेहरुलाई प्रोत्साहन दिएको छ। धर्मपरिवर्तन बर्जित कानुनको धज्जी उडाउने यस्ता कार्यले धर्मपरिवर्तन झन बढ्दै जाने देखिन्छ।

पक्राउ पर्नेहरुमा सुन्दावती गाविस–५ निवासी २७ वर्षीय विमल शाही मोडर्न नेपालका प्रध्यानध्यापक, भीमेश्वर नगरपालिका–१ घर भई भीनपा–१० बस्दै आएका माउन्ट भ्यालीका प्रध्यानाध्यापक समेत रहेका ५० वर्षीय प्रकाश प्रधान, काठमाडौं महानगरपालिका–१८ का ४४ वर्षीय बनिता डङ्गोल, गोरखाको मिरकोट गाविस–५ का २५ वर्षीय फिलिप तामाङ, दोलखा मिर्गे–४ का ३० वर्षीय किरण दाहाल, मकवानपुर राई गाउँ गाविस–३ का ३७ वर्षीय बालकृष्ण राई रहेका छन्। 

विद्यालयमा मनोरञ्जनात्मक कार्यक्रम गर्ने भन्दै विद्यार्थीहरुलाई जम्मा गरी उनीहरुले कथा शैलीमा बनाएको क्रिश्चियन धर्मको प्रचार सामाग्रीहरु समेत बाँडिएको थियो। जनताले धर्मपरिवर्तन गराउन थाले, रोक्नुपर्‍यो भनेर दिएको उजूरीका आधारमा छापा मारी पक्राउ तिनीहरुलाई गरिएको प्रहरीको भनाइ छ। प्रहरीले धर्म प्रचारमा प्रयोग गरेको गाडीसमेत नियन्त्रणमा लिइएको थियो। लामो समयदेखि अभिभावकहरुले धर्मपरिवर्तन गर्न रोक भनेर प्रहरीमा उजूरी गरिरहदा प्रहरीले टेरपुच्छर लगाएको थिएन। बाध्य भएर पक्राउ गरी कारवाही चलाउँदा रिहा गरियो। ३ वर्ष देखि ६ वर्षसम्म कैद हुनसक्ने अपराधमा जिल्ला अदालत दोलखाले सामान्य धरौटीमा रिहा गरेर तमासा गरेको छ।

राष्ट्रिय गानलाई प्राथमिकता दिनुपर्नेमा क्रिश्चियन पुस्तक पढ्न लगाउने, गीत घोकाउने गरिरहेका स्कूलहरुले विदेशी चर्चहरुबाट आर्थिक सहयोग पाइरहेको आरोप पनि लागेको छ। तैपनि तिनीहरुमाथि अनुसन्धान नहुनु र कडा कारवाही हुन नसक्नुले हिन्दूधर्म संकटमा परिसकेको देखिन्छ। धर्ममात्र होइन, नेपालको कानुनव्यवस्था र दण्डसंहिताको समेत सम्मान हुन सकेको देखिदैन। धर्मनिरपेक्षताले गर्नु गर्‍यो है।