Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

२३ सोमबार , असार २०८२एक दिन अगाडि

प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी रहेकाे छ । प्रधानमन्त्री ओलीले स्पेन भ्रमणमा भएका प्रगति र समसामयिक राजनीतिक गतिविधिका बारेमा सदनलाई जानकारी दिनका लागि सम्बोधन गर्ने तयारी गरेकाे नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जनाएका छन् ।

आजकाे बैठकमा निजामतीको सेवा विधेयकमा भएको छेडखानी छानबनि गर्न संसदीय समिति घोषणा गरिने बताइएकाे छ । यसअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट २ वर्षे ‘कुलिङ पिरियड’को व्यवस्था राखिएको विधेयक ‘सो प्रावधान निष्प्रभावी’ हुनेगरी पारित गरिएको थियो ।

गत शनिबार सभामुख देवराज घिमिरेसहित दलका प्रमुख सचेतकहरूको बैठकले यसबारे छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको थियो । जसका लागि सत्तारुढ दल नेपाली कांग्रेसकाे नेतृत्वमा समिति बनाउने तयारी रहेकाे छ ।

समितिमा नेपाली कांग्रेस र एमालेबाट दुई/दुई तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक/एकजना सदस्य रहनेछन् । आज बिहान ११ बजे कार्यव्यवस्था तथा परामर्श समिति बैठक बस्ने र सोही बैठकले १५ वा २१ दिनको समयसीमा दिएर समिति गठन गर्ने बताइएकाे छ ।