Advertisement Banner
Advertisement Banner

२८ सोमबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

मोहरम पर्व बिशेष : नेपालगन्ज

२३ सोमबार , असार २०८२१० महिना अगाडि

मोहरम पर्व बिशेष : नेपालगन्ज

मोहरम पर्व बिशेष सामाजिक सद्भावकालागि नेपालगन्जमा स्वयम्सेवा मुस्लिम धर्मावम्बिहरुको महान पर्व मोहरमको अवसरमा आज नेपालगन्जमा सर्वतपानी वितरण गरिएको छ । मोहरम पर्वको अवसरमा सामाजिक सद्भावका लागि स्वयम्सेवा अन्तरगत नेपालगन्जको त्रीबेणीमोडमा सर्वतपानी वितरण गरिएको हो ।

 बास नेपाल, नाइस नेपालगन्ज र युथ एड्भोकेसी नेपालले संयुक्त रुपमा सर्वतपानी वितरण कार्यक्रमको आयोजना गरेको हो । मोहरमको ताजीया बिर्षजनका लागि निश्किएका व्यक्तिहरुलाई लक्षित गरी करिब २ हजार बढीलाई वितरण गरिएको थियो । सबै धर्मका मुख्य पर्वहरुमा सामाजिक सद्भाव तथा धार्मिक सहिष्ण्ुाताका लागि विगत देखिनै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा त्यसको निरन्तरता स्वरुप यस बर्ष पनि पानी वितरण गरिएको हो । 

सर्वत पानी वितरण कार्यक्रमका बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, पूर्व अध्यक्ष रमेश सिटौला, नाइसका अध्यक्ष हेमराज भट्ट, युथ एड्भोकेसी नेपालका जिल्ला संयोजक शोभा थापा मगर, बास बाँके शाखाका अध्यक्ष रामु चिडिमार, बासका प्रबन्धक मन भण्डारी, जनसम्पर्क अधिकृत माधब कार्की, प्रशासकिय अधिकृत शुद्ध प्रशाद चौधरी, वातावरण विभाग प्रमुख हेमन्तराज काफ्ले, लेखा सहायक प्रदिप बोहरा, इन्र्टन पुष्पा देवकोटा, स्वयम् सेवक सलिम हलवाई लगायतको उपस्थितीमा सर्वतपानी वितरण गरिएको थियो । यसैगरी आज नै वहलिया चिडिमार विकास समाज नेपालगन्ज १२ ले समाजका अध्यक्ष रामु चिडिमारको अगुवाईमा मोहरमलाई लक्षित गरि सर्वत वितरण गरेको थियो ।