Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, असार २०८२16th June 2025, 6:20:04 am

शेखर कोइरालाको आक्रोश, देउवा मौन

१७ मंगलबार , असार २०८२३ दिन अगाडि

शेखर कोइरालाको आक्रोश, देउवा मौन

मलाई किन कारवाही गर्ने ? कारण के हो ? बरिष्ठ नेता शेखर कोइरालाले सभापति देउवालाई प्रश्न गरेका छन् । सभापतिले कुनै उत्तर दिएनन् ।
कोइरालाले देउवाकै सामु अनुशासन समितिको बैठकमा सभापतिसँग २०८३ मंसिरभित्रै महाधिवेशन गर्न माग पनि गरेका छन् ।
बैठकमा शेखर कोइरालाले उठाएका विषयहरू–
यो वर्ष महाधिवेशनको वर्षमा छौं। २०८२ सालको मंसिर महिनामै १५ औं महाधिवेशन गर्नुपर्छ ।
कांग्रेसले एमालेलाई बोकिरहनुको कारण के हो ? बाध्यता के के हुन् ? किन कांग्रेसको नेतृत्वमा सरकार बन्न सकेन ? संविधान संशोधनका मुद्दा कहाँ पुग्यो ?
पार्टीको अनुशासन समितिमा सिनियर साथीहरूलाई राराखौं । कमजोर अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन । अब कांग्रेसको बलियो सिट अरुलाई दिन काम बन्द हुनुपर्छ ।
उपेन्द्र यादवलाई टिकट दिइयो, यादव कहाँ छन् ?
कांग्रेसको चुनावी राजनीतिमा अनेक अनहोनी कुरा भएका छन्, किन यस्तो भइरहेछ ? सर्वोच्च अदालतले दोषी किटान गरिसकेको व्यक्ति सर्लाहीको जिल्ला सभापति पदमा बसिरहनुभएको छ, के कारण हो ? निर्वाचनका समयमा गठबन्धनका नाममा निष्ठावान र इमान्दार साथीहरूलाई टिकटबाट वञ्चित गरियो किन ?
समस्या र गुनासा अनेक छन्, कमजोरी सच्याउने साहस चाहिन्छ । पार्टीपंक्तिलाई जवाफ दिनुपर्छ ।