Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

पार्टी अध्यक्षमा विद्या भण्डारीको आँखा

१७ मंगलबार , असार २०८२एक बर्ष अगाडि

पार्टी अध्यक्षमा विद्या भण्डारीको आँखा

अन्ततः पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा सकृय हुने घोषणा गर्न पुगिन्, सकृय हुन थालिन् । प्रम तथा पार्टी अध्यक्ष केपी ओलीको प्रतिस्प्रधामा विद्या अगाडि पुगिसकेको कथन छ एमाले नेता कार्यकर्ताको । उनले अवगालबाट बच्नका लागि राष्ट्रपतिको हैसियतमा पाउने सेवा, सुविधा साउन १ गते देखि नलिने पत्र सरकारलाई दिने तैयारी थालेको समाचार पनि आएको छ ।
पूर्वउपराष्ट्रपति माओवादीका नन्दकिशोर पुनमाथि नैतिक दबाब परेको छ, कारण उनी माओवादी राजनीतिमा सकृय भइसकेका छन् । राज्यको सुविधा लिने, पार्टीको राजनीति गर्ने तरिकाले माओवादी झन बदनाम हुन थालेको छ । त्यसै पनि माओवादीको राजनीतिक हैसियत कमजोर बन्दै गएको छ ।
विद्याको इन्ट्रीले एमालेभित्र राजनीतिक तरङ्ग फैलिएको छ । विद्या भण्डारी र पूर्वराजाको सम्बन्धका चर्चाहरु पनि सार्वजनिक भएका छन् ।
विद्या भण्डारीको व्यक्तित्व सालिन छ, मदन भण्डारीको विराशत छ र पार्टीमा राम्रै पकड पनि देखिन्छ ।
अध्यक्ष ओलीले एमाले एक थियो, छ र रहने छ भनेका छन् । विद्या भण्डारीको राजनीतिक प्रवेशले नेतृत्वतहमा भएको खैलाबैलाले नीतिमा पनि फरक पर्ने सम्भाबना देखिन्छ ।
यतिबेला महासचिव शंकर पोखरेल ओलीपट्टी र उपाध्यक्ष ईश्वर पोखरेल विद्यातिर देखिएका छन् । शंकर अर्को एक कार्यकाल ओलीलाई दिनुपर्ने बताउँदै छन् भने ईश्वर पोखरेल ७० को उमेर हद कायम हुनुपर्ने पक्षमा छन् । कायम भयो भने ओली अध्यक्ष हुन पाउने छैनन् ।
गत शनिवार विद्या भण्डारीले मदन भण्डारीलाई साक्षी राखेर अमृत बोहोरा, ईश्वर पोखरेल, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे समेतको उपस्थितिमा पार्टी प्रवेश गर्नुले एमालेभित्र ठूलै तरङ्ग उत्पन्न भएको छ, कार्यकर्ता हौसिएका देखिएका छन् ।