Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नेपालमा ग्यास, भारतमा छटपटी

१० मंगलबार , असार २०८२९ महिना अगाडि

नेपालमा ग्यास, भारतमा छटपटी

नेपाल दैलेखमा मिथेन ग्यास भण्डारण स्रोत भेटिएपछि भारतीय मिडियामा तरङ्गित भएको छ ।
नेपाल पहाडी, तराई र हिमाली मुलुक हो । यो मुलुकमा प्राकृतिक खनिजको अपार भण्डार छ भन्नेमा शंका छैन । खासगरी आणविक हतियारका लागि आवश्यक उच्चकोटीको युरेनियमको भण्डार मकवानपुरदेखि अपर मुस्ता«सम्म नै भएपछि विश्वको ध्यान नेपालमा पर्नु स्वभाविक हो । खासगरी विश्वशक्ति नेपालको युरेनियम र बहुमूल्य प्राकृतिक स्रोतमा आँखा लगाएर र नेपाल विश्वकै रणनीतिक भूगोल भएकाले पनि नेपालको महत्व विश्वशक्तिले बुझेका छन् ।
चिनियाँ कम्पनीले ५ वर्षदेखि उत्खनन्, अध्ययन गरिरहेको दैलेखमा पेट्रोलियम पदार्थको सम्भावनाका आधारप्रमाणित भएको छ । अध्ययन रिपोर्टबाट मिथेन ग्यास फेला परेको जानकारी सार्वजनिक भएसँगै गत शुक्रबार अधिकांश भारतीय मिडियाले यसबारे चर्चा गर्दै नेपाल अब मालामाल हुने भयो भनेर खुशीको आवरणमा चिन्ता व्यक्त गर्दै भारतीय संस्थापनले हस्तक्षेप गर्नुपर्छ भन्ने आशय प्रकट गरेका छन् । जुन आपत्तिजनक छ ।
किनकि भारतको टाटा कम्पनीले नेपालका पहाडी इलाकामा फलाम खानी चलाएका थिए । ती खानी अरूको हात नलागोस् भनेर आफ्नो मातहत राखी सञ्चालन रोकेको धेरैवर्ष भयो । भारतको समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले ‘पश्चिम नेपालमा ठूलो मात्रामा मिथेन ग्यासको भण्डार फेला प¥यो’ शीर्षकमा समाचार प्रकाशित गरेपछि भारतका थुप्रै सञ्चारमाध्यमले यसैलाई आधार बनाएर थरि थरिका समाचार प्रसार गरेका छन् । इन्डिया टिभीले ‘नेपाल मालामाल बन्दै’ समाचार दियो । नेपालमा चिनियाँ कम्पनीले यस्तो खोज गरिदिएको छ कि जसले ५० वर्षसम्म ग्यासको कमी हुनेछैन ।
साथै द इकोनोमिक टाइम्स, डेली एक्सिलेसर डटकम, आउटलुक बिजीनस, नवभारत टाइम्सले चीनले नेपालमा गाडिएको अर्बौं डलरको खजाना फेला पा¥यो, नेपालको ५० वर्षसम्मको ग्यासको आवश्यकता पूरा हुनेभयो भनेको छ । खासगरी भारतीय मिडियाले नेपालमा खजाना भेटियो भनेका छन् ।
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा चिनियाँ उत्खनन् टोलीले गरेको प्रारम्भिक प्रतिवेदनअनुसार त्यहाँ ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको सार्वजनिक गरिएको हो । चिनियाँ टोलीको प्रतिवेदनअनुसार नेपाललाई ५० वर्षसम्म पुग्ने प्राकृतिक ग्यासको भण्डारण हो यो । स्मरणीय छ, वर्षदिनमा नेपालले भारतबाट सवाखर्बको ग्यास आयात गरेको छ ।
नेपालको यो ग्यास उत्खननमा चीनको जिओलोजिकल सर्भे कम्पनीले काम गरिरहेको छ । कम्पनीका अनुसार सन् २०२५ को डिसेम्बरसम्म अन्तिम प्रतिवेदन आउनेछ । चीनको चाइना जिओलोजिकल सर्भे भौगर्भिक अध्ययन र  सिएनपिसी सिबु इन्जिनियरिङ कम्पनीले जमिनमा ड्रिलिङ गर्ने कार्य गरेका थिए ।
सर्भेमा खटिएका एक व्यक्तिका अनुसार ग्यास योभन्दा धेरै बढी भण्डार हुनसक्नेछ । यो त प्रारम्भिक नतिजामात्र हो । अन्तिम रिपोर्ट आउँदा नेपालमा ग्यासको ठूलै भण्डारको खुलासा हुनेछ । अहिलेलाई ४ वटा स्थानमा भण्डारण देखिएका छन् र अन्य स्थानमा पनि सम्भाबना प्रर्याप्त रहेको छ । 
यो रिपोर्ट आउनासाथ प्रधानमन्त्री केपी ओली आत्तिएर वर्षदिनमै ग्यास उत्पादन गर्ने लक्ष्यका साथ काम गर्न निर्देश गरेका छन् । जुन राजनीतिक आतुरता हो ।