Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

नेपालबाट मान्छेबाहेक अरु केही निर्यात गर्न सकिएन

०४ बुधबार , असार २०८२१३ दिन अगाडि

नेपालबाट मान्छेबाहेक अरु केही निर्यात गर्न सकिएन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा साह्रै कम बोल्ने नेता हुन् । उनी बोल्नुभन्दा पनि कामैले आफ्नो सुरक्षाकवच मजबुत पार्ने नेताका रूपमा चिनिन्छन् । चिच्याउने चिच्याइरहन्छन्। काग कराउँदै गर्छ। पिना सुक्दै गर्छ । सभापति देउवा आफूलाई अभेद्य किल्लामा सुरक्षित राख्न काविल नेता हुन् ।
नीति। नैतिकता। सिद्धान्त र वीपीका नीति जे सुकै हुन्। माओवादीको हँसिया हथौडा चिन्हमा आफ्ना कांग्रेसीजनलाई मतदान गर्नसमेत नहिचकिचाउने नेता देउवाले यतिबेला माओवादीलाई पन्छाएर अर्को बामपन्थी एमालेको टेको बनेर सत्ता साझेदार बन्नपुगेका छ्न । तिनै कांग्रेस सभापति देउवाले भनेका छन्– नेपालबाट मान्छेबाहेक अरू केही निर्यात गर्न सकिएन ।
गत मंगलवार नेपाली कांग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले आयोजना गरेको ‘आर्थिक वर्ष २०८२÷८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुगेका सभापति देउवाले देशप्रति साह्रै चिन्ता लागेको अभिव्यक्ति दिएका हुन् ।
यथार्थ के हो भने सभापति देउवा। पत्नी तथा परराष्ट्रमन्।।त्री आरजु देउवा। उनका छोरा जयवीर देउवा र अनेक कांग्रेसी नेता यतिबेला भ्रष्टाचार र आफूविरूद्ध बोल्ने। बोल्नेलाई सघाउने पत्रकारलाई समेत सिध्याइदिने धम्की दिएका अनेक बिबादहरू सार्वजनिक भएका छन् । त्यसो त योभन्दा पहिले वाइडबडी जहाज खरिद। एनसेल काण्ड। सुन प्रकरण। बुढी गण्डकी। लाउड। चेज। धमिजाकाण्डमात्र होइन। बालुवाटार जग्गा प्रकरणमा समेत मुछिएका छन् । तर कहिले प्रचण्ड। कहिले केपी ओलीलाई सघाउँदै भ्रष्टाचार काण्डलाई छोपछाप पार्न सफल भएका नेता हुन् । तथापि दुर्गन्ध समाजमा फैलिएकै छ ।
०४६ सालको परिवर्तनपछि राजाहरूले स्थापना गरेका ६३ उद्योगलाई निजीकरण गरेर कमिशन खानेमा कांग्रेस अछुतो छैन । नेपाली कांग्रेसका सभापति देउवाले ०४६ सालपछिको १२ वर्षलाई कालरात्रि नै प्रमाणित गरिदिएका थिए । सांसद खरिदबिक्रीदेखि। पजेरो काण्ड मच्चाउने पनि सभापति देउवा नै हुन् । आज आएर उनले मान्छेबाहेक अरू केही निर्यात गर्न सकिएन भन्नु गोहीले आँसु झार्दै मान्छे चपाएजस्तो हो भन्छन् राजनीतिक विश्लेषकहरू । किनकि कांग्रेसको उद्योगनीति भनेको कमिशन हो ।
कार्यक्रमबाट सभापति देउवाले नेपाल आयातमा निर्भर रहेको र भारतीय सिमानामा नेपालीलाई धेरै दुःख दिएको गुनासो भारतलाई सुनाएका छन् । नेपाल आत्मनिर्भरता उन्मुख हुनुपर्ने बताए तर प्रजातन्त्रको बिडा उठाएको र ठूलो पार्टी नेपाली कांग्रेसले आत्मनिर्भरताका लागि के के ग¥यो। के गर्नुपर्छ। कुनै मार्गचित्र सार्वजनिक गर्न सकेनन् । यद्यपि उद्योगपति र व्यापारीले उद्योग खोल्नुपर्ने र व्यापार गर्नुपर्ने। यसका लागि नेपाली कांग्रेस सघाउन तैयार रहेको बताए । देउवाले पहाड नाङ्गिएकोमा चिन्ता गरे। वृक्षारोपण गर्न र पहाड बचाउन जरूरी रहेको बताए ।  नेपाललाई हराभरा बनाउन सकने बताए तर मान्छे निकासी गरेको स्वीकार गर्ने कांग्रेस सभापतिले युवाविहीन गाउँ र जलवायु परिवर्तनको दुस्प्रभावले नाङ्गिएको पहाडलाई कसरी जिवन्त पार्ने ? भन्न सकेनन्। भाषणमा चिन्ता जताए । देउवाको चिन्ता सुनियो– मान्छेबोहक केही निर्यात नै छैन नेपालबाट । त्यस्तो अवस्था छ । अरू केही निर्यात गर्नै सकेका छैनौँ । आयातमा भर पर्नुपर्ने कुरा छ ।

यक्ष प्रश्न छ– देउवाले देशको चिन्ता बोले। चिन्ता नासक बन्ने कहिले ?