
न्याय दिने नयाँ प्रचलन बसेको छ । सांसद। मन्त्री छ भने संसदमा। होइन भने प्रेस बोलाएर सफाइ दिने। बयान दिनेजस्ता कामकारवाही हुँदै गरेको छ । अचम्म। त्यसरी वयान दिइसकेपछि सफाइ पाइ हालिने। अन्त कतै जवाफदेही हुन नपर्ने । गणतन्त्रमा काइदाको सिस्टम बसेको छ । पछिल्लो सन्दर्भ गृहमन्त्री रमेश लेखक र उनीसँग जोडिएको भिजिट भिसा काण्ड हो । त्यसैगरी पतञ्जली जग्गा काण्डमा मुछिएका नेकपा स का अध्यक्ष माधवकुमार नेपालको हो । गृहमन्त्रीले संसदमा उभिएर सफाइ दिए। माधव नेपाल ठाउँ ठाउँमा आफूमाथि प्रतिषोध साधिएको भन्दै हिडेका छन् । न त गृहमन्त्रीले राजीनामा दिने कुरो आयो। न माधव नेपालले सजाय भोग्नुपर्ने दिन आउँछ ?ककर्मचारीलाई दोष दिएर यी दुबै चोखिन्छन् । दर्जनौं दिउँदा मान्छेलाई इटाभट्टामा पोलेर पनि सफाइ पाउने मुलुकमा यति त के हो र ? ढुक्क भए हुन्छ। न भिजिट भिसा। न पतञ्जली काण्डमा कसैलाई कारवाही हुन्छ । कानुनभन्दा पार्टी बलियो भएपछि यस्तै हुन्छ ।
अर्को काण्डले राजनीति र कानुनक्षेत्र तताएको छ । आफ्ना छोरोको नाम जोडेर हिल्टन होटल खरिद प्रकरणको खबर बाहिर ल्याइदिएपछि परराष्ट्रमन्त्री डा. आरजु राणाले रिपब्लिक मिडियाकी शोभा ज्ञवालीलाई फोन गरेर सिध्याइदिने धम्की दिइछन् । यही प्रकरणमा समाचार छापेबापत दिलभूषण पाठकलाई पक्राउ पूर्जी जारी भएको छ। प्रहरीले खोजेपछि अन्डरग्राउण्ड भएको खबर छ । ठूला र शक्तिशाली मान्छेलाई धम्की दिएपनि कानुन लाग्दैन । खबर गलत भए प्रेस काउन्सिल थियो। प्रकृया छँदै थिए । सिधै साइबर क्राइममा हाल्न खोजियो । जुन निरंकूशता हो । यसबाट थाहा हुन्छ। सत्तासीनहरु र ठूला पार्टी आफ्नालाई बचाउने र बिरोधीलाई पेलेर सिध्याउने नियम बसाल्न थालेको देखिन्छ । यसरी मुद्दाहरुमा फसाइदिएपछि सत्य कुरा बोल्न। लेख्न। छाप्न डराउने भए । यसपछि कसले बिरोध गर्ने ? सत्तापक्ष। विपक्षी कसैको पनि भ्रष्टाचार। राष्ट्रघातको खबर सार्वजनिक नहुने भयो । निष्पक्ष खबर लेख्न दुईपल्ट सोच्नुपर्ने भयो । हिजो राजाका पालामा प्रेस स्वतन्त्रता थिएन भनेर हल्ला गर्नेहरु। समाचार हटाउनु भन्ने आदेश आउँदा पनि। ठूला मान्छेले समाचार लेखेकै भरमा सिध्याइदिन्छु भन्दा पनि बिद्रोह गरेको। बोलेको सुनिदैन । कारण सरोकारवालाहरु पनि बिभाजित छन् । यस्तै भएर हो स्वतन्त्रतामाथि अंकूश लाग्ने। अवाञ्छित तत्वहरुले प्रश्रय पाउने । जसरी जनकपुर उच्च अदालतको इजलास देखियो। त्यस्तै परिघटनाहरु बढ्नुमा सत्तापक्ष र विपक्षीहरुको यस्तै रवैया जिम्मेवार छ । पत्रकार भूमिगत हुनुपर्ने। न्यायमूर्तिले कालोमोसो खानुपर्नेजस्ता अवस्था देखिदैछन् । यिनको शासन भन्दा त राजाकै समय ठिक भन्ने विचारहरु फैलिन थालेका छन् । यद्यपि सत्ता र विपक्षमा यिनै भ्रष्टहरु आसिन छन् । आमनागरिक पिल्सिएर बाँच्न मर्न बाध्य छन् । अब त आवाज उठाउँदा पक्राउ हुनुपर्ने। मुद्दा खेप्नुपर्ने दिन आयो । एकातिर यस्तो ज्यादति। अर्कोतिर राजतन्त्र पुनस्र्थापना गर्ने आन्दोलनमा जनताको उपस्थिति न्यून हुने। अगुवा भनिएकाहरु आफसमा झडगा गर्ने। अन्तमा आन्दोलन नै तुहिने । कसरी परिवर्तन सम्भव हुन्छ यसरी ?
प्रष्ट छ। यिनका ज्यादति सहेर बस्ने। बिरोधमा सडकमा ननिस्कने हो भने परिवर्तन होइन। अहिलेजसते मृत्यु मात्र हात लाग्नेछ । के भएको हो नेपाली जनतालाई ? सबै त बिकेको छैनन् होला ? राणा शासनकै झझल्को आउँदा पनि बिद्रो गर्ने आँट जनतामा नदेखिनुले भ्रष्टहरुको जेमन्त बढेर गएको हो । हिजो जो परिवर्तनका लागि लडे। लोकतन्त्र र स्वतन्त्रताका लागि लडे। तिनीहरु पनि दासताको मनस्थितिमा देखिनु अर्के आश्चर्य हो । के यिनै ओली। देउवा। प्रचण्ड। आरजु। महेश बस्ने। रमेश लेखकहरुका भ्रष्टाचार। तानाशाहीलाई स्विकार्ने वातावरण बनाउन थालिएको हो। आम नागरिकका तर्फबाट पनि ? यदि आरजुको छोरोले कुनै होटेल खरिद गरेकै छैन भने खण्डन आइसक्या छ। होटलको तफृबाट पनि। आरजुको तर्फबाट पनि । फेरि किन यत्रो रडाको ? चोरको खुट्टा काट भन्दा चोरले खुट्टा उचालेझैं आरजुहरुलाइ किन मनोत्रासले सताएको होला ? होइन भने होइन। सकियो त । काग कराउँदै गर्छ। पिना सुक्दै गर्छ । यदि होटेल खरिद गरेको होइन भने त्यस्ता समाचार पढेर हास्नु पो पर्ने हो ? त्रसित भएझैं किन सिध्याइदिन्छु भनेर धम्क्याउँदै। मुद्दा हाल्दै हिडेको हो र ? कि समाचारमा सत्यता छ । यतातिर पो संशय बढेको देखिन्छ । हिजो भुटानी काण्डमा पनि यिनै आरजुले दुई तीनवटा टीभी च्यानलमा भौतारिएर सफाइ दिएपछि कुनै बात नै लागेन । आज पनि बिज्ञप्ति जारी गरेपछि सकिहाल्यो नि । यसरी मुद्दा हाल्दै हिड्ने हो भने देउवा परिवारकाृ कसर्। छार्ठा)। कांग्रेसकै हालत के होला ? यथार्थ कुरो कांग्रेसीलाई पनि थाहा छँदैछ। कसो ?