Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

सुशासन कायम गर्न काँग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराउने

३० बिहिबार , जेठ २०८२१९ दिन अगाडि

सुशासन कायम गर्न काँग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराउने

सत्तारुढ दल नेपाली काँग्रेसले मुलुकमा सुशासन कायम गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने भएको छ । पार्टीको राज्य प्रशासन विभाग प्रमुख गोविन्द भट्टराईको संयोजकत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

देशमा सुशासन कायम हुन नसकेको व्यापक जनगुनासो आइरहेकोले सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको विभागले जनाएको छ । साथै, आन्दोलनरत कर्मचारीहरुले उठाएका माग सम्बोधन हुनेगरी संघीय निजामती सेवा ऐन ल्याउन पनि माग गरिएको छ ।

विभागद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनरत तीनै तहका कर्मचारीले उठाएका जायज मागहरु सम्बोधन गरी निजामती सेवा ऐन यथाशीघ्र जारी गरियोस् ।’ राज्य प्रशासनका समस्या र समाधानका उपायहरुबारे यथाशीघ्र अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयसमेत विभागले गरेको छ ।