
नुवाकोटको तारकेश्वरमा चिनियाँ भाषा स्कुलको शिलान्यास भएको छ । चिनियाँ भाषा र संस्कृति सिकाउने उद्देश्य राखेको छ यो भाषा स्कूलले । यो भाषा स्कूलमा संघाइ कल्चर मिडिया प्रालि र इन्टरनेसनल स्काउट भोलेन्टियर्स ग्रुपको संयुक्त प्रयाससहित चिनियाँ भाषा स्कुलको शिलान्यास गरिएको बताइएको छ ।
इन्टरनेसनल स्काउट भोलेन्टियर्स ग्रुपका अध्यक्ष अजित खड्का हुन्, उनले मित्रताको प्रतीकको रुपमा यो भाषा स्कूलमार्फत नेपाली युवा युवतीहरुलाई चिनियाँ भाषा सिकाएर रोजगारी, सांस्कृतिक अन्तरक्रिया र रहनसहन तथा भेषभुषाको जानकारी गराउने र चिनियाँ भाषाको दूत बनाउने उद्देश्य रहेको छ । यो भाषा सिकाउने संस्थामात्रै होइन, समाज विकास, विश्व विकास र छिमेकी मुलुकको सामाजिक ज्ञान सिक्ने र सिकाउने आधारशीला समेत रहेको उल्लेख गरे ।
यो कार्यक्रममा सांघाइ हाइसान कल्चर एण्ड मिडिया प्रा.लि.कि प्रतिनिधि हुआङ वेन् छिले चिनियाँ भाषा सिकाउने विद्यालय तीन वर्षभित्र निर्माण कार्य सम्पन्न हुने प्रष्ट पारिन् । उनले नेपालमा १० वटा शिक्षण संस्था स्थापना गरिसकेको जानकारी दिइन् । १ हजार ५० भन्दा बढी चिनियाँ विद्यार्थीलाई अध्यापन गराइने बताइन् । उनले १३ हजार ३ सय ४९ जनालाई १४ लाख रुपैयाँ अनुदान दिएको खुलाइन् । उनले नेपालमा शैक्षिक स्रोतहरुको तत्काल आवश्यकता रहेको स्थानमा थप ९ वटा चिनियाँ विद्यालय स्थापना गर्ने लक्ष्य राखेको पनि प्रष्ट पारिन् ।
ओभरसिज चाइनिज् एसोसिएसनका नेपाल अध्यक्ष झिङ झ्याओ दोङले नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो रहेको भन्दै भृकुटी र अरनिकोले सुरु गरेको मित्रतालाई उचाइमा पु¥याउन खोजेको बताएका छन् ।