प्रधानमन्त्री केपी ओलीका लागि प्रत्यक्ष ३१७ जनाले सुरक्षा दिएका छन्। प्रचण्डलाई ६४ र बाबुराम भट्टराईलाई ४३ जनाले सुरक्षा दिएका रहेछन्। त्यसैगरी गृहमन्त्री शक्ति बस्नेतलाई ३७, शेरबहादुर देउवालाई २६, प्रधानन्यायाधीश सुशीला कार्कीलाई २४, अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई २२, कृष्ण सिटौलालाई १८, माधवकुमार नेपाललाई १७, झलनाथ खनालाई १७, लोकेन्द्र बहादुर चन्दलाई १७ जना सुरक्षाकर्मी खटाइएको छ। त्यसैगरी रामचन्द्र पौडेललाई १६, भीम रावललाई १४, विजय गच्छदारलाई १३, पूर्व मुख्य सचिव माधव घिमिरेलाई ११, खुमबहादुर खड्कालाई ११, पूर्णबहादुर खड्कालाई ११, खिलराज रेग्मीलार्य १० र गोविन्दराज जोशीलाई ९ जना सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन्।
यी बाहेक यसरी सुरक्षाकर्मीको लाभ लिइरहेका अरु पूर्वप्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र अन्य नेता तथा विशिष्ट व्यक्तिहरु पनि रहेका छन्। खतरा के हो, कताबाट हो, केही स्पष्ट छैन तर लावालस्कर सुरक्षाकर्मी लिएर यी नेता तथा शासकहरु दौडाह गरिरहेका देखिन्छन्। यिनको सुरक्षाघेराका कारण सामान्य जनजीवनमा पटक पटक व्यवधान पारिरहेको छ।
यो त प्रत्यक्ष खटाइएका सुरक्षाकर्मी भए, यसबाहके यत्तिकै संख्यामा अप्रत्यक्ष रुपमा सुरक्षाकर्मीहरु यी नेताहरुको सुरक्षार्थ खटिएका हुन्छन्। आखिर यिनलाई यतिका सुरक्षाकर्मीले घेरेर राख्नुपछाडिको थ्रेड कुन हो? कसको डरले यिनलाई सुरक्षाकवचमा राख्नुपरेको हो? स्पष्ट छैन।
७ हजार सुरक्षाकर्मी र ७ अर्वको यो सुरक्षा घेरालाई यी नेताहरुलाई बचाइरहेको बुझ्न सकिन्छ तर यी नेताहरुले यसरी सुरक्षाघेरामा बसेर देश र जनताका लागि गरिरहेका छन् के? यो अर्को रहस्यमय पाटो हो।
अझ राष्ट्रपति र प्रधानमन्त्री कुनै कार्यक्रममा जान लागे भने आधाघण्टा अघिदेखि सडक एकतर्फी पारिन्छ र यातायात व्यवधानले जनजीवन नै कष्टकर हुने गरेको छ। किन यिनीहरुको लागि सुरक्षाकर्मीको दुरुपयोग रोकेर यिनको आवागमन हेलिकोप्टरबाट नगर्ने? र, एकजना सैनिक दियो भने उसैले सबै सुरक्षाघेरा मजबु पारिहाल्नेछ।


