Advertisement Banner
Advertisement Banner

२८ सोमबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

कांग्रेस, एमाले खुशी, माओवादी मौन

२१ मंगलबार , जेठ २०८२एक बर्ष अगाडि

कांग्रेस, एमाले खुशी, माओवादी मौन

अदालतले बिस्फोट पुष्टि भएन, घरमा बम बिस्फोट भएको होइन, मृतकहरूलाई ईटाभट्टामा हालेर मारेको पुष्टि भएन भनेर उच्च अदालत वीरगञ्ज इजलासका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनले ज्यान मुद्दामा सफाइदिएपछि कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम छुटेका छन् । यो घटनालाई देशैभरि आश्चर्यजनक फैसला भनेर चर्चा भइरहेको छ भने यो मुद्दा सर्वोच्च पुग्ने भएको छ । २०६४ सालमा आलमको घरमा बम बिस्फोट भएको थियो, त्यो घटनामा संलग्नलाई ज्यूँदै इँटाभट्टामा पोलेको आरोपमा आलमलाई जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा जन्मकैदको फैसला गरेको थियो । यो मुद्धाको फैसलालाई लिएर अधिवक्ता युवराज सफलले न्यायाधीशद्वयमाथि छानविन गर्न माग गर्दै न्यायपरिषदमा उजुरी गरेका छन् ।
जिल्ला अदालत रौतहटले पर्याप्त आधार देखेको भनिए पनि उच्च अदालत वीरगञ्जको इजलासमा सुनुवाई हुँदा अभियोग ठहर हुने कुनै आधार प्रमाणहरू नभेटिएकोले सफाइ दिएको भनिएको छ । यसकारण पनि न्यायाधीशद्वय बिबादमा तानिएका हुन्, यसको निरूपण सर्वोच्चबाट हुने कानुनविदहरू बताउँछन् । थुनामुक्त भएका आलम बिरामी भएकाले न्यूरो अस्पताल भर्ना गरिएका छन् ।
आलम माथिको आरोप–
संविधानसभाको निर्वाचन भोलि हुनेथियो । उनको घरमा बम बिस्फोट भयो । घाइतेहरू त्रिलोकप्रताप सिंह र ओशी अख्तर सहित घाइतेहरूलाई २०६४ साल चैत २७ गते साँझ राजपुरस्थित इँटा भट्टामा पोलेर हत्या गरेको आरोप लाग्यो । यो घटनाको १२ वर्षपछि आलम २०७६ असोज २६ गते पक्राउ परेर मुद्दा चलाइयो । यतिबेला चर्चामा छ– त्यतिबेला प्रहरीले घटनास्थलमा कुनै किसिमको बिस्फोट नभएको मुचुल्का बनाएको थियो । प्रहरी, जिल्ला सरकारी वकिल कार्यालय र पुनरावेदन सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने राय दिएका थिए ।