Advertisement Banner
Advertisement Banner

२५ शनिबार, जेठ २०८२30th May 2025, 11:39:34 am

किन उर्लियो सडकमा जनताको भेल

२१ मंगलबार , जेठ २०८२४ दिन अगाडि

किन उर्लियो सडकमा जनताको भेल

जेठ १५ गतेदेखि राजतन्त्र र हिन्दुवादीले सडक बिद्रोह गरिरहेका छन् । उनीहरूले संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र मागेको देखिन्छ । सत्ताधारीहरू र प्रमुख प्रतिपक्षी यो भीडलाई किनेर ल्याएको, प्रतिगामी षडयन्त्र, राजाको दुस्साहस भनेका छन् । राजा संवाद, सहमति र सहकार्यको आह्वान गर्ने, ठूला तीन दल राजालाई प्रतिगामी ठान्ने । द्वन्द्व ठूला दलको अहंकार हो । यही अहंकारले अराजकता र अस्थिरता निम्त्याएको छ ।
जनताको सडक बिद्रोह, यो दृश्यले गरेको संकेत, अबको विकल्प संवाद र उपयुक्त राजनीतिक निकास नै हो । यो जनबिद्रोह ७७ जिल्लामै बढ्दै छ । यसबाट प्रष्ट छ, भ्रष्ट प्रवृत्तिले चल्दैन, यथास्थिति परिवर्तन हुनैपर्छ । यो भीडलाई किनेको भनेर पन्छिनु भनेको आत्मघात हुनेछ ।
संघीयता र गणतन्त्र होइन, राजतन्त्र र प्रजातन्त्र जनताको माग सुनिन्छ, जनतालाई नसुन्नु दुर्घटना हुनेछ ।