
बीपी कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेसले ०६३ सालपछि लय बिर्सेको छ । सिद्धान्त, चरित्र, नीति, नैतिकतामा डरलाग्दो ह्रास आएको विश्लेषण भइरहेको छ । एउटा दुहुनो गाई, एक हल गोरू, गरिखाने जमिन, औषधिमूलो, सन्तानलाई शिक्षा– नेपाली कांग्रेसको समाजवाद यही हो भन्थे वीपी कोइराला । त्यही कांग्रेस र वीपीका अनुयायी हँु भन्ने शेरबहादुर देउवा सभापति छन् । देउवा कम्युनिष्टको बुई चढेर कुन समाजवादतिर हिडेका छन् ? पटक्कै बोल्दैनन् । बीपी ठूलो मान्छे होइन, असल मान्छे बन्नु भन्थे, प्रजातन्त्र बिना राजतन्त्र अड्दैन, राजा नभए देश पनि बाँच्दैन । राजतन्त्रलाई फ्याँक्ने उद्योग हामीले गर्नु हुँदैन भन्थे । प्रजातन्त्र लथालिङ्ग भइसक्यो, कम्युनिष्टको रजगज चलिरहेछ । कांग्रेसमा न नीति रह्यो, न बीपी बाँचे ?