Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

यात्रुबस पड्काएको ११ वर्ष

२४ सोमबार , जेठ २०७३१० बर्ष अगाडि

२०६२ साल जेठ २३ गते चितवनको बाादरमुढेमा माओवादीले यात्रुवाहक बस बमले उडाएर ३८ जनाको ज्यान लिएको थियो। घाइते ७२ मध्येका ४ जनाको पनि मृत्यु भइसकेको छ। यो घटनाको ११ वर्ष भयो, पीडितले राहत पाएनन्, अव सत्य निरुपण तथा मेलमिलाप आयोगबाट न्याय पाइने आशा छाडेर शंका गर्न थालेका छन्। यो घटनाको जिम्मेवारी लिएर स्वयं माओवादी अध्यक्ष प्रचण्डले पीडितलाई राहतको प्याकेज दिने घोषणा गरेका थिए, आजसम्म उनले पनि चुनदाम पीडितहरुलाई दिलाएका छैनन्। पीडितहरुले यो घटनालाई मानवताविरोधी घटना भन्दै मेलमिलाप हुनै नसक्ने बताएका छन्। तर, ओली सरकार र माओवादी दुबै यो र सबै जनयुद्धकालीन घटनालाई मेलमिलापमा टुंग्याउने र क्षतिपूर्ति राज्यले दिने तैयारी गरिरहेका छन्। देशभित्र र विश्व अधिकारकर्मी जमात भने दण्डहीनताको स्थिति नजन्माउन चेतावनी दिइरहेका छन्।