Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

म्याग्दीको तातोपानी जाने कि?

२४ सोमबार , जेठ २०७३१० बर्ष अगाडि

म्याग्दीको तातोपानीमा स्वदेशी र विदेशीको भीड लाग्न थालेको छ। यो तातोपानी क्षेत्रको विकास गर्नसके पर्यटन उद्योग राम्रै चल्ने र आम्दानी पनि हुने देखिन्छ। यो कुण्ड ०४२ सालमा फेला परेको हो। म्याग्दीको तातोपानी क्षेत्रलाई आवश्यक पूर्वाधारको विकास त गरिएको छ। प्राकृतिक उपचार केन्द्रका रुपमा प्रचार पनि भइरहेको छ। गाउँको मुहार फेरिएको छ, आन्तरिक र बाह्य पर्यटकको लुँडो भीड पनि लागिरहेको छ। तर, अझै पनि धेरै गर्न सकिन्छ। अझै म्याग्दीको तातोपानी क्षेत्रलाई विशेष पर्यटक क्षेत्रका रुपमा विकास गर्न सकिने स्थानीयको धारणा छ। अझै राज्यले ध्यान दिएको छैन।

आम्दानी मनग्गे भइरहेको छ। यो आम्दानी यो शिक्षा, स्वास्थ्य, सडक, सञ्चार, शान्तिसुरक्षा, नदी कटान, खानेपानी लगायत विभिन्न क्षेत्रमा खर्च हुने गरेको छ।। राज्यले प्रावि तहको मात्र दरबन्दी दिएको तातोपानीमा अवस्थित विद्यालयलाई पनि कुण्डको आम्दानीले मावि तहको दरबन्दीको ब्यवस्था गरिएको छ। विद्यालयको भौतिक पूर्वाधार निर्माणमा समेत हरेक वर्ष रकम खर्च गरिदै आएको छ। बेनी नगरपालिका तथा सदरमुकाम बेनीबाट नजिक रहेपनि गाउँमा स्वास्थ्य चौकी थिएन। यसको पनि प्रवन्ध भइरहेको छ। कुण्डको मुहानबाट ४५ देखि ५० डिग्री सेल्सीयसको तापक्रममा निस्कने विरेनुन स्वादको तातोपानीमा स्नान गरे गानो, गोला, ग्यास्ट्रिक, बाथ, हाडजोर्नि दुख्ने, चोटपटक लागेको, छालारोग, प्यारालाईसीस लगायतका रोग निको हुने जनविश्वास रहेको छ। म्याग्दीको तातोपानी यथार्थमा प्राकृतिक अस्पतालजस्तै रहेको छ।