Advertisement Banner
Advertisement Banner

०७ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

राप्रपाद्वारा गृहमन्त्रीको राजीनामा माग

१४ मंगलबार , जेठ २०८२२५ दिन अगाडि

राप्रपाद्वारा गृहमन्त्रीको राजीनामा माग

राप्रपाको आज बिहान बसेको संसदीय दलको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ । बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले नैतिकताको आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको हो ।

प्रतिपक्षी दल समेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिन पर्ने बताएको छ । आजको बैठकको निर्णय सुनाउँदै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

त्यसैगरी आज बसेको बैठकले यहि जेठ १५ गते राप्रपा लगायत दलहरू मिलेर गर्न लागेको प्रदर्शनलाई हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गर्ने समेत निर्णय गरेको बताइएको छ ।