
Nepali leaders 'Emperor's New Cloth !' बुद्धिजीवीको यो टिप्पणी यथार्थपरक देखिन्छ ।
दैनिक ५० लाखको भ्रष्टाचार, भिजिट भिसामा मानव बेचबिखन । यो अध्यागमनको भ्रष्टाचार काण्डमात्र होइन, संगठित अपराध, मानव तस्करी पनि हो । यो काण्डले अन्तर्राष्ट्रिय जगतले कन ठाडो पारेका छन् । संसद कसरी चल्नसक्ला, १५ गतेको बजेट के होला ?
गृहमन्त्री रमेश लेखकमाथि छानबिन होला कि नहोला ? न्यायिक छानबिनको माग उठिरहेको छ । आमधारणा छ– राजनीतिक सेटिङमै यस्ता अपराध सम्भव हुनेगर्छ । नेपालको अर्थतन्त्रको ढाड भाँचिनुमा यस्तै अपराध बढ्नुको नतिजा हो । राज्य सञ्जालमा यस्ता संगठित अपराध गुलजार देखिन्छन् । ठूला नेता र कर्मचारीको साँठगाँठले नैतिक धरातल ध्वस्त छ । ठूला ठूला भ्रष्टाचार काण्डमा छानबिन नै नहुनुको कारण राजनीतिक अपराधिकरण व्याप्त हुनुले हो । कानुनमाथि राजनीतिकरण हुँदा कर्मचारी फसाउने काम भइरहेको छ । दैनिक ५० लाखे काण्डमा पनि मन्त्रीले कर्मचारीलाई आदेश दिने, सरूवा, पोष्टिङ गर्ने काम गर्छन्, आफू फसिने भएपछि कर्मचारीमाथि दोष थोपर्छन् । अहिले भइरहेको यही हो । नेतृत्व लिने, अपराधबाट पन्छिने प्रवृत्ति राजनीतिको महारोग हो । भ्रष्टाचार भयो भन्दैमा मन्त्रीले किन राजीनामा दिने ? अहिले सत्ताधारीले दिएको सफाइ यही हो । मन्त्री होइन, कर्मचारी जिम्मेवार हो भन्ने भनाइले राज्यसत्ता कतिसम्म नैतिकहीन हुनथाल्यो भन्ने प्रश्न उठेको छ । छानबिन आयोग गठन गर्न किन हिचकिचाउको हो ? तीनकुने घटना वा थुप्रै अन्य काण्ड, प्रकरण हुन्, राज्य न्यायिक छानबिन भन्यो कि भाग्ने प्रवृत्तिमा लाग्नेगरेको छ ।
कसले भनिदिने हो– बादशाह नाङ्गै छन् भनेर ।
जापानमा नैतिकता
जापानका कृषिमन्त्री टाकु इटोले चामलको भाउ बढेको बेलामा चामल किनेको छैन भन्दा विपक्षी नेता जुन्या ओगावाले अनुचित के बोलेको ? भनेर आलोचना गरेपछि राजीनामा दिएका छन् । प्रतिपक्षीको आलोचना, जनताको घृणा कतिसम्म धारिलो हुन्छ, नैतिकताको मूल्य राजनीति गर्नेका लागि, सरकारमा बस्नेका लागि कति ओजनदार हुन्छ भनने यो पछिल्लो उदाहरण हो । यो उदारहणले नेपालमा कुनै प्रभाव परेन ।