Advertisement Banner
Advertisement Banner

२१ मंगलबार, जेठ २०८२30th May 2025, 11:39:34 am

कांग्रेस पदाधिकारी बैठक बस्दै

१३ सोमबार , जेठ २०८२८ दिन अगाडि

कांग्रेस पदाधिकारी बैठक बस्दै

अहिले बिहान ९ बजे नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेकाे हाे ।

‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्न लागेकाे बताइएकाे छ । यसमा मुछिएसँगै गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र दिन नहुनेमा पार्टीभित्र फरक-फरक धारणा आएसँगै देउवाले पदाधिकारी बैठक डोकेका हुन् ।

पदाधिकारी बैठकमा क्रियाशील सदस्यता नवीकरणबारे क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले पदाधिकारीलाई ‘ब्रिफिङ’ गर्ने बताइएकाे छ । मुख्यसचिव कृष्ण पौडेलका अनुसार महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे बैठकमा जानकारी गराउने तयारी रहेकाे छ ।