Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

गणतन्त्र मरेको छ, नेपाल बाँचिरहोस् ।

११ शनिबार , जेठ २०८२एक बर्ष अगाडि

गणतन्त्र मरेको छ, नेपाल बाँचिरहोस् ।

कलमले कापीमा होइन, अभागी को निधारको भाग्यमाथि लेखिन्छ जब “लेखक” मन्त्री बन्छन् ।
यो गृह मन्त्री भनाउँदो, “लेखक” भन्ने भातमाराले राम्रै मुद्रा कमाउने कार्य लेखेको पो रहेछ । लेख्न त उस्ताद रहेछ लेखक, तर त्यो लेखन कापीमा होइन, विदेश जान बाध्य अभागी युवायुवतीहरूको निधारको भाग्यमाथि पो रहेछ ।
अब त यस ‘लेखक’ गृहमन्त्रीकै सचिवालयबाटै मानव तस्करीको काण्ड फूटेको छ । अध्यागमन विभागमा सेटिङ मिलाएर दैनिक लाखौंको असुली, भ्रष्ट कर्मचारीहरूको सरसर्ती नियुक्ति, अख्तियारले छानबिन गरिरहेका पात्रहरूलाई संरक्षण—यही हो सुशासनका नाममा गजगजिएको दलाली शासन ।
गणेश ओझा, जनक भट्ट, तीर्थराज भट्टराई—यी सबै भ्रष्टाचार र अनियमिततामा मुछिएका पात्रहरू गृहमन्त्रीकै वरिपरि घुमिरहेका छन् । यो कुनै एकजनाको अनियमितता होइन, सत्ता केन्द्रमै रहेको संगठित आपराधिक संरचना हो ।
अहिलेको गृहमन्त्रालय अपराध नियन्त्रणको होइन, अपराध संरक्षित गर्ने ‘लेखकीय क्लब’ भएको छ, जहाँ भाषण र लेखमार्फत सादगीको नाटक गरिन्छ तर पर्दा पछाडि लाखौंको तस्करीको सेटिङ चलाइन्छ ।
“कलमले कापीमा होइन, निधारमा लेखिएको छ” भन्ने भनाइ अब केवल व्यङ्ग्य रहेन—यो हाम्रो शासकीय यथार्थ हो। देशको राजनीतिक संरचनाले युवालाई अवसर होइन, श्रमशोषणको किनवेच दिएको छ। यहाँ “लेखक” भनिने मन्त्रीहरूका लेखहरूले अब नीति निर्माण गर्दैनन्, निष्कासन आदेश लेख्छन्— देश छोड्न विवश गराउँदै ।
जब गृहमन्त्रीकै सचिवालयबाट मानव तस्करी सञ्चालित हुन्छ, त्यहाँ गणतन्त्रको असफलता मात्र होइन, न्यायको घाँटी रेटिएको हुन्छ । सिङ्गो मन्त्रालय अपराधको साम्राज्य बन्छ र त्यो साम्राज्यको सिंहासनमा बस्छ लेखकको नकाबमा लुकेको सत्ता–दलाल ।
त्यसैले प्रश्न अब यसरी उठ्छः
– यो मन्त्री “लेखक” हुन् कि तस्कर संरक्षक ?
– कलम प्रयोगकर्ता हुन् कि क्लब हाउसका कवि, जो सत्ताको कुर्सी जोगाउन मात्र लेख्छन् ?
यो गणतन्त्र अब अवसानको मोडमा छ । तर नेपाली जनताको चेतना, विवेक र प्रतिरोधले देशलाई नयाँ दिशा दिन सक्छ । 
त्यसैले अन्त्यमाः गणतन्त्र मरेको छ, नेपाल बाँचिरहोस् ।