Advertisement Banner
Advertisement Banner

२१ मंगलबार, जेठ २०८२30th May 2025, 11:39:34 am

पाँचसय र एक हजारको नोटमा प्रतिबन्ध लगाउन सुझाव

०८ बुधबार , जेठ २०८२१३ दिन अगाडि

पाँचसय र एक हजारको नोटमा प्रतिबन्ध लगाउन सुझाव

देशमा मौलाउदै गएको भ्रष्टाचार रोक्न पाँचसय र एक हजारको नोटमा प्रतिबन्ध लगाउन सुझाव दिइएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्रष्टाचार रोक्न पाँचसय र एक हजारको नोटमा प्रतिबन्ध लगाउन सुझाव दिएका हुन् ।

सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पूर्व अर्थमन्त्री पाण्डेले नेपाली कांग्रेसको नीति तथा योजना विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले देशमा भ्रष्टाचार रोक्न पाँचसय र एक हजारको नोटमा प्रतिबन्ध लागाउनु पर्ने सुझाब दिएका हुन् ।

कांग्रेसले हिँजो अओजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री पाण्डेले भने ‘मैले धेरै ठाउँमा भनेको छु, भ्रष्टाचार नियन्त्रण गाह्रो काम छैन । ५०० र १००० को नोट बन्द गरिदिऔँ, नछापौं नागरिकलाई अहिले नै आतंकित नपारौं । ०८५ पछि ५००० र १००० को नोट चल्दैन भनेर भनिदिऔं ।’

त्यसपछि सरकारले सय रुपैयाँको मात्रै नोट छाप्नुपर्ने उनको भनाइ रहेको थियो । ‘कसैले एक करोड घुस खानुपर्‍यो भने पनि एक ट्रक लिनुपर्‍यो, त्यसका लागि कोठा बुक गरेर भाडामा राखेर ताला लगाएर पैसा राख्नुपर्‍यो । यो सम्भव हुँदैन,’ उनले भने ।