Advertisement Banner
Advertisement Banner

२१ मंगलबार, जेठ २०८२30th May 2025, 11:39:34 am

Image

सोचौं, समय छँदै सोचौं

प्रेमसागर पौडेल

०८ बुधबार , जेठ २०८२१३ दिन अगाडि

सोचौं, समय छँदै सोचौं

    काठमाडौं । ड्रागन पावर ब्रोडकास्टिङ प्रा.लि.का अध्यक्ष प्रेमसागर पौडेल नेपाल–चीनवीचको सम्बन्ध विकासलाई मिहिन तरिकाले अध्ययन गर्ने र पिपुल टु पिपुल सम्बन्धलाई कसरी मजबुत पारेर नेपालको स्वाभिमान र स्वतन्त्रता अक्षुण्ण राख्न सकिन्छ भनेर दिनरात खटिरहेको व्यक्तित्व हुनुहुन्छ । उहाँ जति चीनसँग निकट हुनुहुन्छ, नेपाललाई शीरमै बोकेर हिड्नुहुन्छ ।
    नेपाली राजनीतिमा हरेक दिन उज्यालाभन्दा अँध्यारा पाटाहरू देखिन्छ । उहाँको जिज्ञासा छ–
नेपाली राजनीतिमा दुई ठूला पार्टीको हालीमुहाली भए पनि आन्तरिक कलह देखिन्छ । शासन प्रशासनमा बाह्यशक्तिको चलखेल बढेको छ । समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्यमा हुतिहाराजस्तो देखिएको अवस्थामा यस्तो कलह झिक्नुहुन्थेन । देशमा बढ्दो अस्थिरताको कारक ठूला पार्टी र नेता नै हुन् ।
    यसअघि माधवकुमार नेपाललाई पनि अध्यक्ष र वामदेव गौतमलाई प्रधानमन्त्री भनेर देखापर्नु गैरजिम्मेवार थियो । माओवादीले आजै, भोलि नै सरकार ढल्छ भन्नु पनि गैरजिम्मेवारी थियो । पार्टीहरूले आन्दोलित सडक मनस्थितिमा उच्छृङ्खलता र अविश्वास बढाएर समस्यालाई झन जटिल बनाउने समय थिएन । सबै मिलेर जाने बेला हो । सहमतिको बाटो अपनाउनु पर्ने हो, किन चाहेनन् ? ठूला दल नाममात्रका ठूला हुन् ? बुझ्न कठिन छ ।
    बुझ्न सकिन्छ, प्रधानमन्त्रीमाथि बाह्य हस्तक्षेप छ । यो अस्थिरता चीनविरूद्ध नै लक्षित छ । यो कुरा बुझ्नेले बुझेका छन् । पटक पटक प्रधानमन्त्री भएका नेता नै दक्षिणी उक्साहटमा उत्तेजित पक्षको मतियार हुनु नराम्रो हो । यस्तो प्रवृत्ति देशका लागि हितकर छैन । यो तरिकाले यो व्यवस्था लामो समय टिक्दैन ।
    यो स्थितिमा चीनका प्रतिनिधि मण्डल नेपाल आइरहनु, चीनका नेताको सम्पर्क भइरहनु, नेपालले भोगिरहेका अनेक समस्यामा चीनकै हिजो आएको थियो, आज पनि भरोसा आइरहेको छ ।
    मुख्य कुरा नेपाल चीनवीच भएका सम्झौताहरू कहिले कार्यान्वयन हुन्छन् भन्ने चासो पनि व्यक्त भएको छ । यसबाट नेपाल चीन सम्बन्धको स्थिति कति गम्भीर मोडमा छ, नेपालमा अस्थिरता किन बढिरहेको ? केका लागि हो ? कूटनीतिक ज्ञान भएकाहरूका लागि दृश्य स्पष्ट छ ।
चिनियाँ राजदूतको अभिव्यक्ति, भेटवार्ता भइरहेकै छ । समग्रमा चीनको चासो नेपाल चीनविरोधी देश बन्न गएको हो ? ठूला भनिउका नेताहरू जानाजान चीनविरोधीहरूको माध्यम बनिरहेका छन् । किन गर्न नहुने काम भइरहेको छ ?
    नेपाल–भारत–चीन सम्बन्धबारे नेपालले निर्णय गर्ने हो । भारतीय हस्तक्षेप नीतिहीनताका कारण बढेको हो । नेताहरू जुनसुकै समर्थनका लागि भारत जान्छन् । देश देशको सम्बन्ध सित्तै हुँदैन । झुक्न गएपछि स्वार्थ उसको हुन्छ । नेपालका सम्बन्धमा चीनले अभिभावकको भूमिका खेलेको छ । सम्बन्धमा आत्मीयता देखिन्छ । यस्तो सम्बन्ध अन्त कहीँ पनि देखिन्न । नेपालले चीनविरोधी काममा सघाए पनि चीनले सहिरहेको छ । यो चीनको सदासयता हो ।
    देशको पक्षमा जिम्मेवार हुनुपर्छ, उच्छृङ्खल काम गर्नुहुन्न, जुन भइरहेको छ । जनतालाई किन भ्रमित पारिरहेका छन् । गलत कामको फल गलत हुन्छ, बच्न सक्छौं भनेर कसैले नसोचे हुन्छ । सच्चिएर अगाडि बढे राजनीति सुनिश्चित होला । अन्यथा यो व्यवस्था लामो समयसम्म जाँदैन ।
    विपक्षीले पनि बुभ्mनुपर्छ, अस्थिरताको खेल अर्काका लागि हो । अविलम्ब सच्चिनोस् । देशको पक्षमा नलागे, जनआवाज नसुने, स्वार्थभन्दा माथि नउठे, बिपत्ती आउँछ ।
    हरेक पार्टीले राष्ट्रको दुर्दशा खोज्ने कि जनताका लागि उज्यालो खोज्ने ? सोचौं, समय छँदै सोचौं ।