Advertisement Banner
Advertisement Banner

०५ आइतबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

गभर्नर नियुक्ति चाँडै हुन्छ : देउवा

२६ शुक्रबार , बैशाख २०८२९ दिन अगाडि

गभर्नर नियुक्ति चाँडै हुन्छ : देउवा

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्ति हुने बताएका छन् । आज निजी निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले उक्त कुरा बताएका हुन् ।

बैठकमा सभापति देउवाले राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय ढिलो भएको पदाधिकारीको गुनासोपछि अब छिटै नियुक्ति हुने आश्वानस दिएको बताइएको छ । सभापति देउवाले राष्ट्र बैंकको नेतृत्व मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउनसक्ने व्यक्ति गभर्नर बन्नुपर्ने धारणा राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सञ्चारकर्मीहरूलाई बताएका थिए ।

प्रवक्ता महतले सरकारमा रहेका राजनीतिक दलहरूको सहमतिबाटै गभर्नरको नियुक्ति हुने समेत स्पष्ट पारेका छन् ।