Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

प्रधानसेनापतिको कडिकडाउ निर्देश

१७ सोमबार , जेठ २०७३१० बर्ष अगाडि

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले रुक्मांगद कटवाल, क्षत्रमान सिंह, विवेक शाहतिर लक्षित गर्दै सैनिक संगठनभित्रको गोप्य कुराहरु आत्मबृतान्तको नाममा सार्वजनिक गर्नु संवेदनहीनता हो भनेर नैतिक प्रश्न उठाइदिएका छन्। प्रधानसेनापतिले सैनिक कानुनअनुसार कारवाही हुनसक्ने संकेतसमेत गरेका छन्। अहिलेलाई प्रधानसेनापतिले आत्मबृतान्त लेखेर सुरक्षा निकाय, सुरक्षानीति र क्रियाकलाप बाहिर छताछुल्ल पार्नु कुनै पनि हालतमा राम्रो होइन भनेर सचेत गराएको अर्थमा लिइएको छ। यसबाट नेपाली सैनिक संगठन पदमा भएका बेलाका कुरा, गोप्यताहरु सार्वजनिक गर्नु अपराध नै हुने ठहर गर्दै सबैलाई झस्काइदिएका छन्।
साथै जनयुद्धकालीन अवस्थामा भए गरेका कामकारवाहीप्रति सत्य निरुपण तथा मेलमिलाप आयोगले उठाउन सक्ने प्रश्न र दिनुपर्ने जवाफप्रति प्रधान सेनापतिले सैनिक अधिकारीहरुसाग रणनीतिक छलफल गरेका थिए। यद्यपि नेपाली सेना संविधानअनुसार सरकारको आदेशमा चल्ने निकाय हो। यसमा सेनाकोभन्दा आदेश दिनेको जिम्मेवारी बन्छ। कार्यक्रममा महान्यायाधिवक्तालाई समेत बोलाइएबाट जंगी अड्डा अहिलेदेखि नै तैयारीमा जुटेको स्थिति देखिन्छ। त्यसो त बेलायतले कर्णेल कुमार लामालाई मुद्दा चलाएर बेलायत बन्दी बनाएको लामो समय भइसक्दा पनि नेपाली सेनाले आफ्नो कर्णेलको बचाउ गरेर फिर्ता ल्याउन नसक्नुले पनि मानवाधिकारको प्रश्नमा अन्तर्राष्ट्रिय समुदाय कति सचेत र सजग छ भन्ने नेपाली सेनाले बुझेको छ। राजनीतिक बर्गले बुझ्ने प्रयास गरिरहेको छैन र सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै टुंग्याउने कसरत गर्दैछ।