Advertisement Banner
Advertisement Banner

३० मंगलबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

राजतन्त्रवादी थाके भन्दै एमाले बैठकमा खुशी

२४ बुधबार , बैशाख २०८२७ दिन अगाडि

राजतन्त्रवादी थाके भन्दै 
एमाले बैठकमा खुशी

प्रम केपी ओलीको अध्यक्षता बसेको एमालेको बैठकमा राजतन्त्रवादीको आन्दोलन शिथिल भयो, तिनीहरू थाके भनेर खुशी व्यक्त गरिएको छ । प्रम ओलीले यिनलाई अस्थिरता फैलाउने तत्व हुन्, ठिक पारिन्छ भनेका थिए ।
एमाले पार्टी सचिवालयको बैठकको निर्णय कार्यकर्तासम्म लैजान र कार्यकर्तालाई सशक्त हुन निर्देशन दिने निर्णय पनि गरिएको छ । यो जानकारी बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले लोकतान्त्रिक गणतन्त्र खलबल्याउन सक्रिय पक्षहरू कमजोर हुँदै गएको एमालेको ठहर भएको जानकारी सार्वजनिक गरेका छन् । उनले ‘ठूला दुई दलको संयुक्त सरकार सफल भएको छ । मुलुक मूलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको छ । यसलाई अब कसैले खलबल्याउन सक्नेछैन ।’ उपमहासचिव ज्ञवालीले सरकारको नीति तथा कार्यक्रममा समृद्ध नेपाल, सुखी नेपालीको श्लोगान परेको छ । यसबारे कांग्रेसभित्र चित्त दुखाइ हुनुहुन्न । यो एमालेको होइन, सबैको नारा हो  भनेर प्रस्ट्याए । नीति कार्यक्रममा एमालेको नारा पर्ने, कांग्रेसको नपरेकोमा कांग्रेसभित्र खुल्दुली बढेको छ ।
कांग्रेसभित्र संयुक्त सरकार, प्रम ओलीको एकल निर्णय, कृयाकलापमा ठूलै आलोचना भइरहेको छ । आलोचनाको स्वर संसदमा पनि सुन्न थालिएको छ । यतिमात्र होइन, बरिष्ठ कांग्रेसी नेता शेखर कोइरालाले नवलपरासीको कार्यक्रममा कांग्रेसले यो सरकार छोड्नुपर्ने प्रष्टै माग गरेका छन् । एमाले के हो, के हो भनेर सतर्क बनेको छ । भारतका बिजेपी नेताको नेपाल भ्रमणमा पनि एमाले सतर्क थियो ।