Advertisement Banner
Advertisement Banner

०१ बुधबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

राजा र राजनीतिक चक्रब्यूह

२४ बुधबार , बैशाख २०८२७ दिन अगाडि

राजा र राजनीतिक चक्रब्यूह

०६३ सालको परिवर्तनपछि राजनीतिक चक्र राजा, माओवादी प्रचण्ड, कांग्रेसका शेरबहादुर देउवा र एमालेका केपी ओलीका वरिपरि घुमिरहेको छ । अन्य दलहरू यिनकै सहायकजस्ता छन् ।
जर्मन समाजशास्त्री म्याक्स वेबरका अनुसार नेता हुनज्ञका लागि तीन कुरा आवश्यक हुन्छ, पहिलो– संगठन, दोस्रो– ‘मिथ’ सिर्जना गर्ने क्षमता र तेस्रो– करिस्मेटिक व्यक्तित्व । राजा, प्रचण्ड, शेरबहादुर र ओली, यिनमा ती तीन गुण यतिबेला स्यालको सिङजस्तो हराएको छ । प्रचण्ड अग्रगमनको भाषण गरेर भाषणमै डाइनामिजम बिसाउन पुगेका छन्, देउवा समाजवाद समाजवाद भनेर नबोली नबोली प्रजातन्त्रलाई कम्युनिष्टमा बिसर्जन गर्न पुगेका छन्, जबज, गणतन्त्र भन्दाभन्दै ओली टुक्का र चटके भाषण गरेर अलोकप्रिय बनेका छन् ।
जनताको नजरमा गणतन्त्र, लोकतन्त्र, संघीयता बिझाएको स्थिति छ भने लोकप्रियताको कसीमा बरू राजतन्त्र नै ठिक भन्ने प्रभाव परेको छ ।
राजा काट्ने बेलायत सन १६६० मा राजतन्त्रको प्रतीक ठड्याउन पुग्यो ! वर्तमान बेलयती राजा त्यही प्रतिक हुन ! हाम्रा नेताहरूले अर्काको लहैलहैमा हिन्दुराष्ट्र र राजतन्त्र किनारा लगाए, नेपाल सनातन हिन्दु राष्ट्र र राजतन्त्रको प्रतीक ठड्याउनै पर्ने बाध्यात्मक स्थितिमा पुगेको छ । जनतामा राजतन्त्र फालेकोमा थक्क थक्क सुरू भइसक्यो ! नेताहरू जनताको आस्थामा चमक बन्न सकेनन्, जबरजस्ती उभिएकामात्र छन् । यो यथार्थ बुझेका छन् तर स्वीकार्न गाह्रो परेको छ ।
देश युवाविहीन हुनथालेको छ । दिनदिनै हजारौं युवाहरू विदेशीनेक्रम जारी छ । भन्नलाई ६२ लाख भने पनि ८२ लाखभन्दा बढी नागरिक विदेशीएका छन् । सरकारी तथ्यांक अनुसार सन् २०२४ मा नेपालबाट बाहिरिने नेपाली मध्ये ६६ हजार ४ सय १८ घोषित रूपमा स्थायी बसोबासका लागि गएका छन् । अर्थात् युवाहरूका लागि स्वदेश गरिखान नपाइने, राजनीतिले पीडा दिएको राष्ट्र बन्यो । नेपाल विदेशका लागि श्रमिक उत्पादन र निकारी गर्ने मुलुक बनेको छ ।
नेतृत्व बर्गले देश छ र राजनीति छ भन्ने सत्य नबुझ्ने हो भने नेपालमा पराइतन्त्र चल्न लामो समय लाग्ने छैन । किनभने जनता राष्ट्र हुन् र राष्ट्र हरेक दिन विदेशीदैछ । स्वाभिमान मैनबत्तीजस्तै पग्लिदै सकिदै गएको छ । – डा.विनिता