Advertisement Banner
Advertisement Banner

०१ बुधबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

आज सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुने

२२ सोमबार , बैशाख २०८२९ दिन अगाडि

आज सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुने

आज बस्ने संघीय संसद्काे दुबै सदनको बैठकमा यसअघि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुने भएकाे छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ : १५ बजे बस्ने तय भएसँगै नीति तथा कार्यक्रममाथि छलफल हुने भएकाे हाे ।

आज बिहान बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमकाे प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल सुरू गर्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेकाे छ । साथै, बैठकमा नीति तथा कार्यक्रममा संसदीय संशोधन प्रस्तावहरू पनि प्रस्तुत गरिने तयारी रहेकाे छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्न प्रधानमन्त्री ओलीले प्रस्ताव अघि सार्ने र सोही अनुरूप, प्रतिनिधिसभामा आजदेखि सांसदहरूले धारणा राख्न पाउने संसद सचिवालयले जनाएकाे छ ।

त्यस्तै आजदेखि राष्ट्रियसभाको बैठकमा पनि छलफल प्रारम्भ हुनेछ । संसद सचिवालयका अनुसार आजदेखि सुरू हुन लागेकाे छलफल आज र भोलि दुई दिनसम्म चल्ने बताइएको छ ।