Advertisement Banner
Advertisement Banner

०५ आइतबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

चित्रबहादुरले देखाएको देशको चित्र

१७ बुधबार , बैशाख २०८२१८ दिन अगाडि

चित्रबहादुरले देखाएको देशको चित्र

चित्रबहादुर केसी संघीयताका सुरुदेखिका बिरोधी हुन् र संघीयताको व्यवस्था खर्चालु छ, मुलुकले धान्न सक्दैन भन्ने उनको विचारमा आज मुलुकबासी एक हुनपुगेको अवस्था छ र मुलुकमा भ्रष्टाचार बढेकै कारण गणतान्त्रिक व्यवस्थामाथि कालो बादल मडारिएको निष्कर्ष निकालेका छन् राजमोका अध्यक्ष चित्रबहादुर केसीले र केसीको संसदभित्रैबाट आएको ताजा अभिव्यक्ति छ– भ्रष्टाचार चरम चुलीमा पुग्यो, गणतन्त्रवादी दलहरु भ्रष्टाचारमा लिप्त भएका छन् र मुलुकमा भ्रष्टाचार बढेकै कारण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि कालो बादल मडारिन पुगेको हो र मुलुक र व्यवस्था जोगाउने हो भने आम नागरिक सचेत हुन आवश्यक छ र तर यथार्थ के छ भने आमनागरिक सडकमा बिद्रोह बोल्न थालेका छन् र एउटा विमानस्थल बनाउँदा १० अर्ब लुट्ने, जताततै भ्रष्टाचारै भ्रष्टाचार, शिक्षकको समस्या त्यस्तै छ र यहीकारण गणतन्त्र, लोकतन्त्र र धर्म निरपेक्षतामाथि कालो बादल मडारिएको हो ।