Advertisement Banner
Advertisement Banner

१३ शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

पाटन क्याम्पसमा वैशाख २० गते स्ववियु चुनाव

११ बिहिबार , बैशाख २०८२२ दिन अगाडि

पाटन क्याम्पसमा वैशाख २० गते स्ववियु चुनाव

ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन यही वैशाख २० गते हुने भएको छ । निर्वाचन समितिले आज सूचना जारी गर्दै वैशाख २० गते चुनाव गर्ने निर्णय भएको जानकारी गराएको हो ।

यसअघि गत चैत १६ गतेका लागि तय भएको स्ववियु निर्वाचन स्थगित भएपछि उच्च अदालत पाटनमा मुद्दा परेको थियो । सोउपर चैत २५ गते सुनुवाई गर्दै अदालतले तत्काल चुनाव गराउन आदेश दिएको हो ।

क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनको सहमतिमा वैशाख २० गते बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म चुनाव गर्ने निर्णय भएको निर्वाचन समितिले जनाएको छ ।

जारी सूचनामा उल्लेख छ, ‘अदालतको आदेशको सम्मान गर्दै यस क्याम्पसमा क्रियाशील विद्यालय संगठनहरुसहितको सहमतिमा मिति २०८२–०१–२० गते शनिबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म निर्वाचन गर्ने निर्णय भएको जानकारी गराइन्छ ।’