Advertisement Banner
Advertisement Banner

०३ मंगलबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

पूर्वराजाले भने– केही समय पर्खनोस्

१० सोमबार , जेठ २०७३९ बर्ष अगाडि

नुवाकोट भगवतीको पूजा सकेर पूर्वराजा जेठ ७ गते पूर्वको झापातिर लागेका छन्। वीपी राजमार्ग भएर झापा जाने क्रममा सिन्धुलीका जनताले पूर्वराजालाई बाटै छेकेर रोके र राजा आउ देश बचाउ भन्ने माग गरे। यसको जवाफमा पूर्वरावाले तपाईहरुको मनोभावना बुझेको छु, केही समय पर्खनुहोस् भन्ने जवाफ दिएर स्वागत स्वीकार गर्दै झापातिर लागे। पूर्वराजा मोटरबाट ओर्लिएका भए, राजनीति गर्न मन गरेका भए सिन्धुलीबाटै राजतन्त्रको पुनर्स्थापनाको जनआन्दोलन सुरु हुनसक्थ्यो भन्छन् विश्लेषकहरु।

झापा पुगेपछि पनि हिमालयन टी गार्डेनका वरपर जनताको भीड लागेको छ। राप्रपा, राप्रपा नेपालका कार्यकर्तामात्र होइन, विभिन्न्न दलका कार्यकर्ताहरुसमेत पूर्वराजासँग भेट्न, केही कुरा गर्न लालायित देखिएका छन्। पूर्वराजाले आफू सक्रिय राजनीतिबाट जतिसुकै अछुत र पर बस्न चाहे पनि भेला भएका आमनागरिकले पूर्वराजालाई उत्साहित र प्रेरित गर्न कुनै कसर बाँकी राखेका छैनन्। तैपनि पूर्वराजा संयमित भइरहेका छन्। राजधानीको राजनीतिक रकूटनीतिक बृत्तमा पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणसँग सबै कुराको समय र महत्व हुन्छ, जनताको मनोभावना बुझेको छु, केही समय पर्खनुहोस् भनेको के हो? भनेर अभव्यिक्तिको अर्थ खोज्न थालेका छन्।

तीतो सत्य कुरो के हो भने गणतन्त्र, धर्मनिरपेक्षतासहितको परिवर्तनको प्रमुख पक्ष भनेको राजतन्त्र नै हो। जबसम्म राजतन्त्रसँग वार्ता गरिन्न, परिवर्तनका लागि सहयोग मागिन्न अथवा राजतन्त्रलाई उचित सम्मानित स्थान राखिन्न, तवसम्म द्वन्द्व रहिरहन्छ, निकास निस्कन्न। परिवर्तनको प्रमुख पक्षलाई किनारा लगाएर राजनीतिक दलहरु शान्तिका नाममा देश लुटिरहेका छन्। यो साँढेतन्त्रमा ब्रेक लाग्नैपर्छ। अन्यथा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता राजनीतिक मुद्दा बनिरहनेछ र अस्थिरता यही तरिकाले बढ्छ, देश अस्तव्यस्त भइरहनेछ।

पूर्वराजाले अहिलेसम्म सक्रिय राजनीतिक चासो देखाएका छैनन्। उनलाई सडकमा उतार्न जनता लागिरहेका छन्। पूर्वराजा अझै पनि देशमा शान्ति र कानुनव्यवस्था कायम होस् भनेर दलहरुलाई सुझाव दिइरहेका छन्। तर जनतामाथिको अन्याय बढेर जनताको धैर्यताको बाँध बिस्तारै फुट्न थालेको छ। मधेस र जनजातिलाई चिढाएर सत्ताधारीले जुन नकाम गरेका छन्, संविधान असफल पारेका छन्, त्यही नकामले पूर्वराजा सडकमा उत्रने स्थिति बनाएको छ।