
हिँजाे बैशाख १० गते नियुक्त भएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त मन्त्रिपरिषद्मा बरियताको आधारमा आठौँ स्थानमा रहेका छन् । मन्त्रिपरिषदमा रहेकाे २४ सदस्यीयमा पन्त आठौँ स्थानमा परेकाे राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको वरियताको लिस्टमा उल्लेख गरिएकाे छ ।
राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको मन्त्रिपरिषद्को वरियताको सूचीमा प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च स्थानमा छन् भने दोस्रोमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह रहेका छन् । त्यस्तै तेस्रो स्थानमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल रहेका छन् ।
त्यसैगरि चाैथाे स्थानमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, पाँचाैमा गृहमन्त्री रमेश लेखक, छैठाैंमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र साताैंमा परराष्ट्रमन्त्री डा. आरजु राणा रहेकी छन् । आठौँमा शिक्षामन्त्री पन्तपछि वरियतामा आउने अन्य मन्त्रीहरूमा नवौँ स्थानमा खानेपानीमन्त्री प्रदीप यादव, दशौँ स्थानमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, र एघारौँ स्थानमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी रहेका छन् ।
आठौँ स्थानमा रहेका पन्त एमालेतर्फबाट मन्त्रिपरिषद्मा सहभागी भएका मन्त्रीहरूको सुचीमा चौथो वरियतामा रहेका छन् । पछिल्लो निर्वाचनमा ओलीले रघुजीलाई पहिलो नम्बरको समानुपातिक सांसद बनाएका थिए । ०७९ पुसमा संसद प्रवेश गरेका पन्त त्यसयता निरन्तर एमाले नेतृत्वको रक्षामा उभिएका छन् ।