Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

सरकारले दिएको जिम्मेवारी पूरा गर्छौं

१० सोमबार , जेठ २०७३१० बर्ष अगाडि

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सरकारले दिएको जुनसुकै जिम्मेवारीलाई दृढतापूर्वक पूरा गर्छौ भन्ने अभिव्यक्ति दिएका छन्। कालिगण्डकी करिडोरअन्तर्गत बागलुङ–मालढुङ्गादेखि टाकुरीसम्मको १४ किमी सडकको उद्घाटन गर्दै  देश विकासका लागि सेनासँग दक्ष जनशक्ति, स्रोतसाधन र काम गर्ने कटिबद्धता छ भन्दै प्रधानसेनापतिले यस्तो धारणा सार्वजनिक गरेका हुन्। यही अवसरमा प्रधानसेनापतिले सरकारको ध्यानाकर्षण गर्दै सामरिक हिसाबले महत्वपूर्ण, अन्य निकायले नसक्ने र कठिन क्षेत्रमा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन आग्रह गरेका छन्। सेनामाथि विश्वास हुनुपर्छ, नैतिक समर्थन हुनुपर्छ, नेपाली सेना जस्तोसुकै दायित्व निर्वाह गर्न तयार छ। ँदेश विकासको काममा लाग्न पाउँदा नेपाली सेना गौरवको अनुभूति गर्छ– प्रधानसेनापतिले भनेका छन्। उत्तरदक्षिण जोड्ने कालिगण्डकी करिडोर आर्थिक, सामाजिक, राजनीतिक हिसाबले मात्र होइन, सामरिक र रणनीतिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ।