Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

मदन आश्रितका नाममा भारतको सहयोग

१० सोमबार , जेठ २०७३१० बर्ष अगाडि

सहदेव सिग्देल-  पार्टीका आदर्श पुरुष मदन भण्डारी र जीवराज आश्रितको स्मृतिलाई समेत भारतको आर्थिक सहयोग लिने एमालेको पार्टीनीति र नेताहरुको देशभक्ति कस्तो होला?     आफूलाई मार्क्सवादी, लेनिनवादी भन्ने अनि भारतको खोइरो खनेर शासनमा गजधम्म बस्ने एमालेको २ हप्ता अघि सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार एमाओवादीपछिको धनी पार्टी नै हो। तर, त्यति धनी पार्टीको पार्टीवाद भनेको पाएसम्म आर्थिक सहयोग कुम्ल्याउने रहेछ।

सत्तामा बसेर केपी ओली भारतमाथि प्रहारमाथि प्रहार गरिरहेका छन्। राष्ट्रवादको धूपध्वाँर गरेर ओलीभन्दा विकासप्रेमी र देशभक्त कुनै नेता छैनजस्तो छनक दिने भाषण गरिरहेका छन्। जनताको आँखामा राष्ट्रवादको कसिंगर हाल्न सफल केपी ओलीको अर्को अनुहार भनेको भारतवाद नै रहेछ।

एमालेले मदन आश्रितको हत्या भारतले गरेको सम्म आरोप लगाएका थिए। आज त्यही भारतले जेठ ३ गते मदन आश्रितको सम्झनामा स्थापित भवनमा नेपाल भारत सहयोग को बोर्ड झुण्ड्याइदिएर एमालेको खोक्रो मुखौटो उतारिदिएका छन्। त्यही भारतले ४ करोड ५६ लाख ६० हजार सहयोग गरिसकेको छ। 

एमालेले आफ्नो पार्टीको आदर्शलाई आफ्नै पसिनाले ठड्याउन सक्दैन। जुन पार्टी आफ्नै खुट्टामा उभिदैन, आफ्ना आदर्शहरुलाई आफ्नै बल, बर्कतले रक्षा गर्ने र आफ्ना सिद्धान्तहरुलाई लागू गर्न विदेशीको टेको लिन्छ, त्यस्तो पार्टी कसरी देशभक्त, जनताभक्त पार्टी हुनसक्छ?सत्ताका लागि जनयुद्धकालीन गम्भीर अपराधहरुलाई आममाफी दिलाउने सम्झौता गरेर सत्तामा टिक्ने एमाले पार्टी यथार्थमा न देशभक्त पार्टी हो, न जनताभक्त। एमालेका नेताहरुलाई सत्ता, शक्ति र सम्पत्तिमात्र प्यारो छ। त्यसैले जनतालाई सपनामा उल्झाएर एमाले सत्ता चलाइरहेको छ। कठै।