
वैशाख ७ गतेको निषेधित क्षेत्र तोड्ने घोषणासहितको राप्रपाको आन्दोलनमा राज्यले सुरक्षा प्रवन्ध ग¥यो, राप्रपाका नेताहरूलाई पक्राउ ग¥यो, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र ज्ञानबहादुर शाहीले सिंहदरवारभित्रै प्रहरीलाई चक्मा दिएर राजसंस्थाको जिन्दावाद भनेर राजतन्त्रसहितको व्यवस्थाको माग गरेका छन् । प्रहरीको घेरा र पक्राउबाट उम्कन सफल भएका सांसद दीपक सिंहले फेरि बिजुलीबजार र माइतीघर पुगेर आन्दोलनको नेतृत्व गर्दै ओली सरकारलाई पक्राउ त के गोली खान तैयार छौं भन्दै राजतन्त्रको माग गरेका थिए ।
ओली सरकारको गृह प्रशासनल ‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने’ विज्ञप्ति निकाले पनि राप्रपाले सांकेतिक प्रदर्शन गरेर त्यसलाई तोडिदिएको छ ।
पक्राउ परेका अध्यक्ष राजेन्द्र लिङदेन, बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, कैलाश कटुवाल, सरोज क्षेत्री, अमर आर्य सहितका नेताहरू रिहा गरिएका छन् भने थुनामा रहेका धवल शमशेरलाई हाजिरी जमानीमा रिहा गरिएको छ ।