Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

ढ्याङ्ग्रो ठटाउनेहरु कुन दुलामा पसे?

१० सोमबार , जेठ २०७३१० बर्ष अगाडि

वाशुदेव वाग्ले- राजतन्त्र फर्कान हतियारसम्म बोक्न सक्छौं भनेर वैशाख ३० गते राजतन्त्र पुनर्वहालीका लागि उपत्यका बन्द घोषणा गर्नेहरु कता हराए हराए। बन्दकर्ता कता हो कता, चरोमुसो उपत्यकाका सडकमा देखिएनन्। लाग्छ, यो नारा र पर्चावाजी देखाउनका लागि गरिएको थियो, कसैलाई देखाए सकियो। यस्ताले राजतन्त्र पुनर्वहाली गरेर देखाउने? आश्चर्य लाग्छ। यस्तैको दिन थियो हिजो, आज पनि यस्तै हावादारी गफ गर्नेहरुले बचेखुचेको राजतन्त्रको गरिमा र महिमा, आदर र सम्मान समाप्त पारिरहेका छन्।

नाम पनि शाही युवा शक्ति नेपाल भनेर राखेका छन्। अध्यक्ष छन् पशुपति खड्का। उनले पत्रकारका सामु उभिएर भनेका थिए– अव राजतन्त्र आयो, आयो। राजतन्त्र पुनर्वहाली गर्न हामी सहादत हुनसमेत तैयार छौं। यति दृढ अभिव्यक्ति दिनेले खै के गरे? ५६ जना मरिसके, सिंहदरवार र वालुवाटार घेर्ने मधेसीसाग बसेर वार्ता गर्न प्रधानमन्त्री ओली तैयार छैनन्। त्यस्ता निरंकूशलाई तर्साउन हावादारी आह्वान गरेर सकिएला र? अझै राजावादीले समय बुझेका छैनन्।

हो, देशव्यापी रुपमा राजावादी छन्। छरिएका छन्। तिनलाई एकत्रित पार्ने हो भने राजतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापना नगरी सुखै छैन। राष्ट्रिय मुद्दाहरुमा जनमत संग्रहको विकल्प देखिन्न। तर यस्ता विकल्पहरुलाई राष्ट्रिय जीवनमा उतार्न जुन हवाई फायर गर्‍यो शाही युवा शक्ति नेपालले, त्यसरी हुन्न। हिम्मत छ भने सडक आन्दोलनमा उत्रनुपर्छ। सडक आन्दोलनमा जनतालाई आकर्षित गर्न सक्नुपर्छ। जनता राजतन्त्रका पक्षमा छन् तर, हावाको भरमा हुन्न।