Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

सांसद, मन्त्रीहरूलाई आलिशान महल

०५ शुक्रबार , बैशाख २०८२४ दिन अगाडि

सांसद, मन्त्रीहरूलाई आलिशान महल

राजालाई किनारा लगाएर नवबादशाह बनेका सांसद, मन्त्रीहरूका लागि भैसेपाटीमा सुविधा सम्पन्न नयाँ दरबार बनाइएको छ । आफ्ना असफलताको फोहर राजाको टाउकामा थुपारेर आफूचाहिं यो नयाँ दरवारमा ढलीमली गर्ने भएका छन् ।
संघीय शासन प्रणालीले जनताको थाप्लोमा करमाथि कर थप्यो । शिक्षा स्वास्थ्यलगायतका हरेक क्षेत्रमा व्यापारिकरण गरियो । राज्यसञ्जालभरि राजनीतिकरणसँग अपराधिकरण पनि गरिएको छ । जनता छटपटीमा छन्, हुटहुटीमा छन् । जनतामाथि लाठी, टियरग्यास, गोली चलाउन आदेश दिनेहरू नयाँ दरवारमा बसेर शासन सत्तामा रजगज गरिरहेका छन् । लोकका लागि लोकतन्त्र कागजको फूल बनेको छ । संघीयता नेता कार्यकर्ता पाल्ने र भ्रष्टाचारको अर्को आहाल बन्यो ।
युवा निकासी गरेर अर्थतन्त्र चलेको छ । युवाले पठाएको रेमिटान्सबाट ७ सय ६१ सरकार र तिनका वरिपरि आरती उतार्नेहरू रजगज गरिरहेका छन् । व्यवस्था बदलियो, देश र जनताको अवस्था फेरिएन, झन झन कष्टकर बन्दैगएको छ ।
भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख, मन्त्री आवाश निकै चर्चामा छ । प्रदेशमै ढलीमली गर्नेहरूलाई राजधानीमा पनि महल खडा गरिएको छ । भोका नाङ्गा, सर्वहाराका लागि केही गर्लान् भन्नेहरू आफ्नैलागि दरवार बनाउन पुगे । एक अर्वको लागतका यी महलमा मासिक ५० लाख खर्चले नपुग्ने देखिन्छ ।