Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

हुमायु सम्राट र माझी

०५ शुक्रबार , बैशाख २०८२४ दिन अगाडि

हुमायु सम्राट र माझी

मुगल साम्राज्य कालमा हुमायु सम्राट् थिए ! एकदिन शिकारबाट फर्कदा उनी नदीमा डुबे ! एउटा माझीले उनलाई बचायो ! खुशी भएका सम्राट् हुमायुले माझीलाई के माग्छस् माग भने, माझीले एकदिन सम्राट् हुन पाउँ भनेर माग्यो !
हुमायुले मागेजस्तै माझीलाई एकदिनका लागि सम्राट् बन्ने अवसर दिए !  माझी सम्राट् बस्ने गद्दी मा बस्यो ! उसलाई के गरूँ, के गरूँ भएर छालाको टक चलाउन आदेश दियो । त्यो टक २४  घण्टा चल्यो ! यसबाट के देखिन्छ भने औकात भन्दा अर्को जिम्मेवारी दिइयो भने यस्तै उट्पट्याङ काम मात्र गर्छ !
हाम्रो लोकतन्त्र त्यही माझीको तालमा छ ! मगध साम्राज्यका दम्भी महानन्द प्रवृत्तिलाई परास्त गर्नसक्ने चन्द्रगुप्त मौर्यको जस्तो साहस र चाणक्यको जस्तो चातुर्य वर्तमान नेपालको आवश्यकता हो, त्यस्तो योग्यताको प्रतिक्षा जारी छ !    – पन्त