Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

Image

सहमति गरौं, प्रतिषोध छाडौं

शाश्वत शर्मा

०२ मंगलबार , बैशाख २०८२७ दिन अगाडि

सहमति गरौं, प्रतिषोध छाडौं

राजतन्त्रवादी आन्दोलन तुहियो, राजतन्त्रवादी आन्दोलले परिणाममुखी आकार लिदैछ । अन्यौल छ, बहस जारी छ । आन्दोलनकारीलाई बदनाम गर्न आफैले राज्य आतंक फैलाएको विषयलाई छोपछाप पारेर र न्यायिक छानबिन आयोग गठन नगरेर सरकारले आन्दोलनकारीलाई पक्राउ गर्दै, थुन्दै, मुद्दा चलाउँदै गरेको देख्दा उदेक लाग्छ । त्यसमाथि राजतन्त्रवादी यी सबै परिघटना चुपचाप हेरिरहेका छन् । सुरूमा राजतन्त्रवादी हामीलाई छोवस्मात्र देखाइदिन्छौं भन्थे, राज्यले एकतर्फी कारवाही चलाएको छ, राजतन्त्रवादी कता छन् कता ? पूर्जी नै नकाटी थुन्दा, रेकी नजरबन्द गर्दा, चोर लुटेराझैं थुनुवाको ज्याकेट लगाइदिएर हथकडीका साथ उताउता गराउँदा पनि राजतन्त्रवादीले केही गर्न सकेका छैनन् । दुर्गा प्रसाई थुनिए, अब राजामाथि नै कारवाही हुन्छ भनेर ढ्वाङ् फुकिएको छ । केही राजतन्त्रवादीले राजालाई छोएर हेर् त भन्दैछन् । सरकारले दिएको, तोकेको ठाउँमा आन्दोलन गरेर के हुन्छ ? जम्मा भयो, भाषण ग¥यो, फर्कियो । यस्ता आन्दोलनले केही हुनेवाला छैन भनेर बुझ्नुपर्छ ।
राजतन्त्रवादी आन्दोलन रमिता हुनपुग्यो । जो सहभागी हुन्छन्, तिनीहरू कुटिन्छन्, मारिन्छन्, थुनिन्छन् । राजतन्त्रवादी आन्दोलन निस्तेज पार्न जिउँदै पत्रकार जलाइयो, भुइँमान्छेमाथि गोली ठोकियो । देशभित्र राज्य दमन छ, अन्तर्राष्ट्रिय जगत बोलेको छैन । राजतन्त्र र हिन्दुवादी आन्दोलनमा नागरिक समाज नामको डलरेहरूले वास्ता नै नगर्ने देखियो । समाचार विश्वव्यापी भयो, चासो विश्वव्यापी हुनपुग्यो तर राज्यदमनका विषयमा कसैले बोलेनन् । आन्दोलित छन् नागरिक । यो आन्दोलनले दावानलको रूप धारण नगरेसम्म केही हुन्न । हुने राज्य दमन हो, राज्य आतंक हो, त्यसमा कुनै कमी आएन, आउने छाँट छैन ।
व्यवस्थाले अवस्था बदल्न सकेन । भ्रष्टाचार बढ्यो, कूशासन भयो । समानता भएन । विधि मिचियो । न्यायको प्रत्याभूति हुनसकेन । जसका कारणले नागरिकमाथि भारमाथि भार थपिएको छ । यही असन्तुष्टि बढेको छ । थाइलेण्डमा भारतका प्रम मोदीले नेपाली प्रम ओलीलाई के भेट दिए, एमालेको भुइँमा खुट्टा छैन । यथार्थमा मोदीले के के विषयमा कुरै नझिक्नु भनेका छन्, हिन्दुराष्ट्रमा सहमति जनाउन आदेश दिएका छन्, राजतन्त्रका बारेमा जुन संकेत दिएका छन्, त्यो संकेत बुझ्न नसके केही दिनभित्रै सैनिक शासनसम्म पनि आउनसक्ने कूटनीतिक जानकारहरूले बताएका छन् । राजा र हिन्दुराष्ट्रको पुनस्र्थापना भए जनता रैती हुन्छन् भन्ने भय केही दोस्रो दर्जाका नेताले भन्ने गरेका छन् । राजालाई संसदीय समितिमै बोलाउने माग पनि दोस्रा दर्जाकै नेताले गरेका छन् । अग्रपंक्तिका नेताहरूले भारतको इसारा बुझेका छन्, चीनको हाउभाउको अर्थ लगाइरहेका छन् । यसकारण पनि नेपाली राजनीति चौबाटोमा उभिन पुगेको बताइन्छ ।
ठूला मिडिया र विचारक मानिएकाहरू मौन छन् । जुन विषय रहस्यात्मक मानिएका छन् । जलस्रोत भारतको जिम्मामा छ, बाँकी पनि जिम्मा लगाउने र नेपालले सीमा समस्याका विषय उठान नगर्ने मनसाय देखाएको छ । चीनका योजना थाँती राख्ने भइसके । चीनलाई दुरूत्साहन गर्दा नेपालको अर्थतन्त्र थप भारतमुखी हुँदै जाने देखिन्छ । राजतन्त्रवादलाई छायाँमा पार्न अनेक हथकण्डा अपनाउन सत्ताधारी अग्रसर भएका छन् । तर विश्लेषकहरूले विश्वास गरेका छन्– यो क्षणिक तातोमात्र हो । भित्री कुरो नेपालमा राजतन्त्र र हिन्दुत्व पुनस्र्थापना हुन्छ । अहिले आएर कांग्रेसका ठूला नेतामा हिन्दुमोह जागेको छ । एमालेको टोन बदलिन थालेको छ भने माओवादीको टोनमा पनि भिन्नता देखिन्छ । विप्लवजस्ता क्रान्तिकारी राजतन्त्र कि गणतन्त्र भनेर जनमत संग्रह गर्न तैयार छौ ? भनेर प्रश्न उठाउन थालेका छन् । राजा र मोदी, योगीलगायतका भेटवार्ता, सहमति र अनेक भ्रमण, सम्मान, स्वागतका परिणति बिस्तारै सतहमा देखिन थाल्ने अनुमान हुँदैछ ।
एकाएक राजधानीमा भारतीय गोदी मिडियाहरूको उपस्थिति हुनथालेको छ । गाउँसहरहरूमा आमनागरिकले यो व्यवस्थाका पक्षधरहरूलाई अस्वीकार गर्न थालेका छन् । सिराह, बुटवलमा प्रम ओलीप्रति दर्शाइएको अस्वीकृति, कोशी महोत्सवमा मन्त्री प्रकाशमानसिंह श्रेष्ठलाई जन अस्वीकृति ठूलै संकेत हो । अहिले पनि पासा राजनीतिक दलहरूकै खेमामा छ, सहमतिको राजनीति गर्ने कि निषेधको ?