
प्रिय आत्मीय दाजुभाइ दिदी बहिनीहरू,
हामी नेपालीहरूको घर आँगनमा नयाँ वर्ष २०८२ आइपुगेको छ । नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साह लिएर आएको नवबर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरूको सुख र शान्तिको मंगलमय शुभकामना ।
हरेक नयाँ वर्ष नुतन आशा र विश्वास बोकेर आउने तर वर्षको विदाईमा एउटा घनघोर निराशाका बिच हुने गरेको धेरै साल भयो । समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पर्दछ । केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो । नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हँुदैन वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ ।
नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन स्तरको जागरूकता पैदा भएको छ त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं । वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुशरणीय छ । देशलाई विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरूकता जुन पैदा भएको छ, नयाँ वर्ष २०८२ मा नेपाली जनताको चाहना अनुरूपको परिणाम हासिल हुने विश्वास थपिएको छ ।
मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पु¥याउँदै आएको विदितै छ । राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र सम्वैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रही आएको छ । वर्तमानमा बदलिँदो जनचाहनाको पनि कदर गरी राज्यशक्तिको श्रोत जनता नै हुन् भन्ने मन्जुरी सदैव स्थापित हुनु पर्दछ ।
राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला ? सन्तुलित कूटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूलसार हो । यही नै राजनीतिको मूलधार हुनुपर्ने हो ।
विश्वको बदलिँदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारहरूलाई चुनौतीको रूपमा लिँदै चरम आर्थिक मन्दी भोग्न परिरहेको अहिलेको सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनु पर्ने समय आएको छ । स्वदेशी श्रोत साधनको प्रयोगले स्वदेशमै उत्पादन गरी स्वदेश मै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्र भित्रैबाट मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गराउनु पर्ने विश्व परिवेश निर्माण हँुदैछ भन्ने संकेतहरू देखा परिरहेका छन् ।
विश्वकै उत्कृष्ट यो भूमीमा, बाँच्नसमेत गाह्रो हुने स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकी युवाशक्तिको श्रम र शीपलार्इ स्वदशे मै उच्च उपयागे गर्नु पदर्छ । युवा स्वरोजगारको निम्ति अवसरहरूको खोजी गरी नेपालमै आय आर्जन गर्न सक्ने वातावरण तयार गर्नुपर्ने आजको पहिलो आवश्यकता बनेको छ । सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनु परेको छ ।
विश्वभरि छरिरहेका नेपालीहरू एकताको सूत्रमा बाँधिन अब ढिला गर्नु हुँदैन । आफ्ना ज्ञान, शीप र सामथ्र्य मात्र होइन, त्यहाँ आर्जेको पुजी, श्रोत र साधनसमते नेपालमै लगाउनु पर्दछ भन्ने भावना सबैमा जागृत गराउनु परेको छ । प्रकृतिले दिएको स्वर्ग जस्तै सुन्दर हिम्वत् खण्ड नेपाल श्रृगार्र्न र विकासको विकुल फुक्न कसेर लाग्न र लगाउन “स्वदेश फर्क स्वदेश नै स्वर्ग’ भन्ने अभियान चलाउनु पर्ने आजको आवश्यकता भएको छ ।
जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नु पर्ने तथ्य स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरूमा आमूल परिवर्तन र सुधार गरि यीनको आधुनिकरण अनिवार्य भइसकेको छ । युग प्रविधिको हो, सावधानीपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्ने छ । “सुशासन र भ्रष्टाचारमुक्त प्रशासन” मूल नारा हुनु पर्दछ । हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छांै । त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासहरूमा हाम्रो एकबद्धता रहनेछ । मलुककोे गिर्दाे अर्थव्यवस्था, रूग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्र ऋण र वेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा, असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो । नागरिक पलायनसँगै पूँजी पलायन, भ्रष्टाचार र बेथिति देशले थेग्नै नसक्ने स्तरमा झाँगिएको छ । यो स्थितिमा नयाँ बर्षलाई उपलब्धिमूलक बनाउन हामी सबै नेपालीको सामूहिक र एकताबद्ध प्रयास अपरिहार्य भएको छ ।
नेपाली नेपाली बिच द्वन्द्व नहोस्, परस्पर अविश्वास र हिंसाको दुःखद मनोस्थिति नबनोस्,् देशवासीहरू कुुनै पनि नाम र निहँुमा धु्रबीकृत नबनून् भन्नेतर्फ हामी सदैब सचेत र सम्बेदनशील छौं । नेपालीको एकतामा नै नेपालको भविष्य निहित रहेको यथार्थलाई हामीले आत्मसाथ गरेका छौं, सबैले यही वास्तविकतालाई आत्मबोध गर्नुपर्दछ भन्ने ठान्दछौं । हाम्रो आह्वान हामी कसैको निजी स्वार्थपूर्तिका निम्ति होइन, कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन समग्र राष्ट्रको स्वाधिनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो । आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो । अनि आफ्नो स्वतः र अस्तित्व हामी आफैले उठाउने हो । संसार धेरै अघि बढिसक्यो तर हामी यो वा त्यो वादको चक्रव्यूहमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नु पर्छ । हरेक समस्याको समाधान सम्वाद, सहमति, समन्वय र सहकार्यबाट हुनसक्छ ।
आगामी बर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नु पर्छ र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं । नयाँ बर्षले नयाँ आशा, उमंग र उत्साह ल्याओस्, अनि नेपालीको सुनौलो भविष्यको सुनिश्चितता होस् ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्,
जय नेपाल !